Home / Feature Breaking news / जनताको सुरक्षामा कुनै सम्झौता हुदैनः प्रहरी उपरिक्षक शर्मा

जनताको सुरक्षामा कुनै सम्झौता हुदैनः प्रहरी उपरिक्षक शर्मा

दाङ भौगोलिक रुपमा ठुलो क्षेत्र भएको जिल्ला हो ।  त्यसका कारण सुरक्षाका दृष्टीकोणले संवेदनशील जिल्ला मानिने गरिन्छ । जिल्लामा विभिन्न समयमा ठुला तथा साना विभिन्न हत्या, हिंसा,बलात्कारलगायतका घट्नाहरु घटिरहने गरेका छन । यी घट्नाहरुमा प्रहरीले सफलता प्राप्त गरेपनि कतिपय ठुला घट्नाहरुमा प्रहरीले बर्षौ अनुसन्धान गरेपनि सफलता प्राप्त गर्न सकेको छैन । जसले गर्दा पीडित परिवारहरुले न्यायको अुनुभुति गर्न सकेका छैनन् । अपराध नियन्त्रणका लागि प्रहरीले जनतासँग सहकार्य गर्ने भन्दै पछिल्लो मुस्कान सहितको सेवा, जनतासँग प्रहरी, टोल–टोलमा प्रहरीलगायतका विभिन्न कार्यक्रम ल्याएको थियो । यी कार्यक्रमहरु कत्तिको प्रभावकारी भए । जिल्ला प्रहरी कार्यालय दाङमा भर्खरै सुरुवा भएर आएका दाङ जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कृष्णहरी शर्मासँग जिल्लाको समसामयिक विषय, सुरक्षा अवस्था, चुनौती र भावी रणनैतिक योजनाका बारेमा पत्रकार लिलाधर वलीले गरेको कुराकानी । सम्पादक

जिल्लामा सुरक्षा अवस्था कस्तो अहिले ?

सम्रग रुपमा दाङ जिल्लाको सुरक्षा अवस्था ठिक छ । यद्यपी दाङ सुरक्षा संवेदनशिलताका दृष्टीले महत्वपुर्ण जिल्ला हो । भौगोलिक रुपमा ठुलो क्षेत्रफल भएको र भारतसँग सिमाना जोडिएको छ, उत्तरतर्फ पहाडी जिल्लाहरु रहेका छन । ठुलो क्षेत्रफल भएको र प्रहरीले सवै स्थानमा निगरानी गर्न नसक्ने भएकाले पनि जुनसुकै अवस्थामा पनि घट्ना हुन सक्ने चुनौती रहन्छ । यी कारणहरुवाट पनि जिल्ला उत्तिकै संवेदशील जिल्लामा पर्ने गरेको छ । यहाँ विभिन्न समयमा सानादेखि ठुलासम्मका अपराधिक घट्नाहरु घटेका देखिन्छन । ती हिसावले पनि जिल्लामा सुरक्षा संवेदनशिलतामा पर्छ ।

पछिल्लो समय जिल्लामा अपराधिक घट्नाहरु आगामी दिनमा हुन नदिन प्रहरीले विशेष ध्यान दिएको छ । त्यस्तै गुण्डागर्दी, लागुऔषधको कारोवार समेत यहाँ हुने गरेको छ । त्यी हिसावले पनि दाङ सुरक्षा संम्वेदनशिल जिल्लामा पर्ने गरेको छ । त्यही अनुरुप पछिल्लो समय जिल्लाका धेरै स्थानमा प्रहरी पुगेको छ । अपराध नियन्त्रणका लागि प्रहरी र नागरिकको समन्वय हुन आवश्यक छ त्यसका लागि प्रहरीले नागरिकसँग सम्वन्ध सुधारका लागि समेत प्रयास गरिरहेको छ ।

dang-sp-krishan-hari

जिल्लामा कस्ताका अपराधीक गतिविधिहरु हुने गरेका छन् ?

उत्तर ः दाङ अपराधका घट्नाहरुको अध्ययन गर्दा सानादेखि ठुलासम्म सवै प्रकारका घट्नाहरु हुने गरेको देखिन्छन । यहाँ अपराध गर्ने र भागेर भारततिर जाने गरेको पनि देखिन्छन । जिल्लामा ज्यान मार्ने, लागुऔषध कारोवार र प्रयोग, आत्महत्या, बलात्कार, जवरजस्ती करण, लुटपाट, बैदेशिक रोजगारका नाममा ठगीलगायतका घट्नाहरु भएको देखिन्छ ।

त्यसमा पनि खास गरि लागुऔषधको ट्राजिन्ट पोइन्ट जस्तै बनेको छ दाङ । राप्तीका पहाडी जिल्लामा अफिम, गाजालगायतको खेती गर्ने र दाङलाई केन्द्र बनाएर कारोवार गरेको देखिन्छ । म दाङ सरुवा भएर आएको केही दिनमै ६० केजी चरेसहित अभियुक्तलाई पक्राउ गरेका थियौ । त्यो केशमा अध्ययन गर्दा गाजा,चरेश,अफिमलगायत जंगली जनावरहरुको समेत कारोवार हुने गरेको अनुसन्धानको क्रममा भेटिने गरेका छन ।

यद्यपी जिल्लाको आत्महत्याको अवस्था डर लाग्दो देखिन्छ । कसरी आत्महत्यालाई रोक्न सकिन्छ भनेर प्रहरीले समुदायमा सकारात्मक कार्यक्रम चलाउने तयारीमा रहेको छ । ठोस योजना बनाउन आवश्यक समेत छ ।

 अपराध नियन्त्रण गर्दै जिल्लामा शान्ति सुरक्षा कायम गर्न तपाईले आफनो कार्यकालमा कस्तो योजना बनाउनुभएको छ ?

प्रहरीको काम समाजमा शान्ति सुरक्षा दिने हो । यसमा प्रहरीले आफनो कर्तव्य इमान्दारी पूर्वक पालना गर्दैमा नागरिकलाई सुरक्षाका प्रत्याभुति दिलाउनका लागि पर्ने छन । यद्यपी समाजमा विभिन्न खालका घट्नाहरु घट्न सक्ने जोखिम त्यतिकै रहन्छ ।

त्यस्ता गतिविधिहरु रोक्न प्रहरी दिनरात जनताकै सेवामा खटिदै आएको छ । यस्ता घट्नाहरु रोक्न मैले योजना बनाउने भन्दापनि प्रहरीको केन्द्रीय निर्देशनलाई मानेर जिल्लामा एक्सन लिने हो ।

विशेषगरि म कानुनी शासनमा विश्वास गर्ने मान्छे हुँ । प्रहरी संगठन भनेकै कानुन अनुसार नै चल्ने संगठन हो । यदि कसैले कानुनभन्दा बाहिर गएर गतिविधि गर्छ छ भने त्यो मेरा लागि र प्रहरीका लागि मान्ने हुने छैन ।

hah

प्रहरी सवैभन्दा पहिले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि अपराधका घट्नाहरु जिल्लामा हुन नदिन लागिरहेको छ । त्यसका लागि मैले प्रहरीलाई आफनो कार्यकालका प्रत्येक स्थानीय तहका गाउँ गाउँमा प्रहरी पठाएको छु । गाउँमा प्रहरी सुरक्षा दिने छ ।

त्यससँगै प्रहरीले विद्यालय तथा समाजका विभिन्न टोल तथा स्कुलहरुमा पुगेर लागुऔषध दुव्यर्सनीका विरुद्ध कार्यक्रमहरु गदैआएका छन । तै पनि यदि कतै घट्नै घटिहाल्यो भनेपनि प्रहरीले अनुसन्धान गरेर दोषीलाई कानुनी दायरमा ल्याउनेदेखि पीडितलाई न्याय दिने काममा प्रहरी लाग्नेछ ।

अपराध नियन्त्रण गर्दै जिल्लामा गुण्डागर्दी र लागुऔषध नियन्त्रण गर्न मेरो विशेष भुमिका रहनेछ । लागुऔषध नियन्त्रणका लागि छुट्टै कार्यक्रम चलाउने सोच बनाएको छु । यसका लागि सञ्चार माध्यमहरुको पनि महत्वपुर्ण सहयोग हुने छ भन्ने मेरो विश्वास छ ।

तपाईले भने जस्तै यहाँ गुण्डागर्दीको पनि समस्या छ । जिल्लामा गुण्डागर्दी अन्त्यका लागि कस्तो रणनैतिक योजना अपनाउनु भएको छ ?

मलाई विश्वास छ जिल्लामा गुण्डागर्दीका घट्नाहरु पहिले जस्ता हुने छैनन् । जिल्लामा गुण्डागर्दी अन्त्यका लागि मैले प्रहरीलाई निर्देशन दिएको छु । कानुनलाई आफ्नो हातमा लिएर कसैले कानुन विपरितका गतिविधि गर्छ भने त्यस्तालाई प्रहरीले कुनै पनि हालतमा छोड्ने छैन । अर्काे कुरा म जिल्लामा आएपछि दाङमा दादागिरी गर्नेहरुलाई सम्झाएको छु ।

आफै बोलाएर उनीहरुलाई पहिले जे–जे भए,अव अगामी दिनमा गुण्डागर्दीको नाममा कुनै पनि घट्ना नहुन भनेर । यदि कतै छिसिक्क भएमा मात्र त्यसको भागीदार तिमीहरु हुने छौ भनेर ।

दादागिरीको नाममा कसैलाई डर, धम्की दिने, चन्दा असुली गर्ने, जुवातास खेलाउनेलगायतका गतिविधिहरु नगर्नु भनेर । प्रहरीको सुरुको काम सचेत बनाउने हो ।

मैले पनि जिल्लाका डन भनिनेहरुलाई सचेत बनाईसकेको छु । र भनेको छु पनि यदि कसैले अटेरी गरि कानुनलाई आफनो हातमा लिने प्रयास ग¥यौ भने त्यसको भागीदार पनि आफै बन्ने छौँ भनेर । मलाई विश्वास छ । दादागिरीका नाममा जिल्लामा कुनै गतिविधि हुनेछैनन् ।

दाङमा सञ्चार उद्यमी हेमराज धिताल,घोराहीको गोर्खा बोर्डिङको होस्टेलमा शिक्षकहरुको हत्या गरेकालगायतका केही घट्नाहरु छन । जुन बर्षाै भैसक्दा समेत अपराधीहरु पक्राउ पर्न सकेका छैनन्, यी घट्नाहरुलाई तपाई कसरी लिनुहुन्छ ?

हो, तपाईले उठाए जस्तै केही घट्नाहरुमा प्रहरीले सफलता प्राप्त गर्न सकेको छैन । अहिले पनि प्रहरी अनुसन्धानकै क्रममा छ । जटिल प्रकारका घट्नाहरुमा सत्य,तथ्य प्रमाण पहिचान गर्न समय लाग्ने गरेको छ । जस्तै घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईकै घट्नालाई हेर्नुहोस तँ । प्रहरीले हत्या भएको ७ बर्षपछि दोषीलाई बाग्लुङवाट पक्राउ गरेको छ ।

घटनामा संलग्न भन्दै प्रहरीमा अर्कै व्यक्तिमाथि किटानी जाहेरी परेको थियो । तर प्रहरीले अनुसन्धान गर्दै जादा उनकै व्यवसायीक पार्टनर पक्राउ परेका छन । हो,यस्तै घट्नाहरुका कारण लामो समयसम्म पनि प्रहरीले सफलता प्राप्त गर्न सकेको छैन ।

सञ्चार उद्यमी धितालकै केस अहिले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले हेरिरहेको छ । त्यस्तै अन्य घट्नाहरुको पनि प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ । आशा छ छिट्टै ती घट्नाहरुमा प्रहरीले सफलता प्राप्त गर्ने छ । दोषीलाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउने काम गर्नेछ ।

चार्डपर्वहरु नाममा रमाइलो गर्ने क्रममा अपराधिक गतिविधिहरु नहुन भनेर प्रहरीले कस्तो पूर्वतयारी अपनाएको छ ?

चार्डपर्वहरुमा मानिसहरुले रमाइलोको नाममा अपराधिक गतिविधिहरु हुन सक्ने खतरा देखिन्छ । पर्वहरुको समयमा एक ठाउँवाट अर्काे ठाउँमा मानिसहरु जाने आउने क्रममा नहोस भनेर जनतासँगै समन्वय गरेर काम गर्दैछौँ । चाडपर्वको रुपमा पहिले कहाँ कस्ता कहिले कस्ता खालका घट्नाहरु घटेका छन भन्ने फाइल अध्ययन गरिरहेको छु त्यही अनुसार थप योजना बनाउनेछु ।

चाडपर्वको समयमा घरमा कोही नभएको अवस्थामा चोर्ने काम बढि हुने गरेको देखिन्छ ? त्यस्तो अवस्थामा प्रहरीले नागरिकलाई शान्ति सुरक्षाको ग्यारेण्टी गर्न चलि चलाखी अपनाउनुपर्छ । एक ठाउँवाट अर्काे ठाउँमा आवत–जावत गर्दा सहजताका लागि यातायात व्यवसायीसँग समन्वय गर्दै नागरिकहरुलाई सुरक्षा दिन प्रहरीको गति, सुरक्षा सचेतनाका लागि माइकिङलगायतका कार्यहरु गर्नेछौ ।

अहिलेपनि गाउँ–गाउँमा त प्रहरी पुगेकै छन् । कतै–कतै झगडा हुन सक्छ भनेर प्रहरीहरुलाई गाउँ गाउँमा अस्थायी प्रहरी चौकी बनाएर बसाउने काम जिल्लाले गरेको छ । र, समाजमा केही घटना घटे प्रहरीलाई खवर गर्नुहोस भनेर समेत नागरिकहरुलाई सचेत बनाउने काम समाजमा प्रहरीले गरिरहेको छ । त्यस्तै चापपर्वको क्रममा सवारीसाधन, व्यवसायीहरुसँग उपभोक्ताहरु नठगिउन भनेर समेत प्रहरी सतर्क रहेको छ ।

पछिल्लो समय बलात्कार, जवरजस्ती करणी तथा महिला हिंसाका घट्नाहरु बढ्दै गएका छन । दाङमा पनि यस्ता खालका घट्नाहरु आईरहेका छन,यी घट्नाहरु रोक्न प्रहरीको भुमिका के रहन्छ ?

गाउँ, टोलमा यस्ता खालका घट्नाहरुसहित अपराधका घट्नाहरु रोक्नका लागि नै प्रहरीले टोल–टोलमा प्रहरी, समुदायमा प्रहरीलगायतका विभिन्न कार्यक्रमहरु ल्याएको छ । यी कार्यक्रमहरुले गाउँमा गएर जनचेतना जगाउने कार्यक्रमहरु हुन ।

सामाजिक विकृतिका विरुद्धमा सवैको सहयोग आवश्यक छ । प्रहरीले अपराधीलाई पक्राउ गरेर कानुनी कारवार्हीको दायरामा ल्याउनेदेखि समाजमा जनचेतना जगाउने काम गरिरहेको छ । त्यसमा सञ्चार माध्मय,संघसस्था,राजनीतिक दल सवैको सहयोग आवश्यक छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

मैले धेरै कुरा भनिसकेको छु । प्रहरी र नागरिकको सहकार्य विना समाजमा शान्ति सुरक्षा काम गर्न सकिदैन । समाजमा शान्ति सुव्यवस्था कायम गर्दै अपराधिक गतिविधिहरु हुन नदिन प्रहरी लागिरहेको छ । प्रहरी पनि नागरिक नै हुन र नागरिकै सुरक्षामा रहने गर्छन ।

त्यसैले प्रहरीसँग नागरिक डराउनु प्रदैन । बरु समाजमा कानुन विपरितका अपराधिक गतिविधिहरु हुनथालेका छन भने प्रहरीलाई खवर गरिदिनुहोस भन्न चाहन्छु । प्रहरी जनतालाई सेवा दिन २४ सै घण्टा तयारी अवस्थामा रहेको छ ।

 तस्वीर विरु चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*