Home / Feature Breaking news / नियम विपरित अटो रिक्सा

नियम विपरित अटो रिक्सा

दाङ, २१ भदौ । यातायात व्यवसायीहरुले अटो रिक्साहरु नियम विपरित सञ्चालन हुँदा आफुहरु मारमा परेको बताएका छन् । व्यवसायीहरुले नगरक्षेत्र भित्रमात्र सञ्चालनको लागि इजाजत लिएका अटो रिक्साहरुले विभिन्न लामो दुरीमा पनि यात्रुहरु ओसारपसार गरेपछि ठुला यातायातका साधनहरुलाई असर परेको बताएका छन् ।

व्यवसायीहरुले त्यसलाई सम्वन्धी निकायले रोक लगाउनुपर्ने माग समेत गरेका छन् बुधवार तुलसीपुरमा भएको व्यवसायीहरुको भेलाले तिन दिन भित्र समस्या समधान नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

खासगरी पश्चिमरुटमा सञ्चालन हुने यातायातका साधनहरु बढी मारमा परेको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका प्रशासनिक सचिव प्रकाश भट्टले बताएका छन् । व्यवसायीहरुले भदौ २३ गते सम्म समस्या समधान नभए २४ गतेदेखि पश्चिमरुटमा सञ्चालन हुने यातायातका साधनहरु बन्द गर्ने निर्णय समेत गरेका छन्

‘नगर क्षेत्र भित्रमात्र सञ्चालनका लागि अटो रिक्साहरुले इजाजत पाएका छन् तर पश्चिमरुटका विभिन्न गाउँपालिकाहरुमा पनि अटो रिक्साहरुले यात्रुहरु बोक्ने गरेका छन् नियम विपरित सञ्चालन भएका अटो रिक्साहरु नियन्त्रण गर्न हाम्रो माग हो –प्रशासनिक सचिव भट्टले भने ।

त्यसैगरी लामो दुरीका यात्रुहरु अटो रिक्साले बोक्दा आफना यातायात यवसायीहरुलाई समस्या भएको तुलसीपुर जिप तथा माइक्रो मिनि बस बस व्यवसायी समितिका कल्याणकारी सचिव निमकुमार श्रेष्ठले बताए । उनले सवैले नियम मान्नुपर्ने भन्दै नियम विपरित सञ्चालन भएका अटो रिक्साहरुलाई सम्वन्धीत निकायले रोक लगानुपर्ने बताए ।

श्रेष्ठले २४ गतेदेखि आफ्ना यातायातका साधनहरु सञ्चालनमा रोक लगाउने बताए । ‘आइतवार सम्म समस्या समाधान नभए सवै समितिका गाडीहरु पश्चिम रुटमा सञ्चालन नगर्ने निर्णय भएको छ उनले भने । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, तुलसीपुर जिप तथा माइक्रो मिनिबस, अम्विकेश्वरी राप्ती समिति, कालिका मालिका यातायात प्रालि, सहारा , राप्ती सेवा प्रालिका पदाधिकारीहरुको संयूक्त बैठकले सो निर्णय गरेको हो ।

त्यसैविच यातायात व्यवसायी समितिको तर्फबाट यातायात व्यवस्थापन समिति अन्र्तगत अटो रिक्सा व्यवस्थापन उपसमितिका सदस्य तथा अम्विकेश्वरी समितिका प्रशासनिक सचिव घनस्याम बस्नेतले नगरक्षेत्र भित्रमात्र अटो रिक्सा सञ्चालन गर्ने सहमति भएको र सहमति विपरित अटो रिक्साहरुले अन्य रुटमा पनि अटो रिक्सा सञ्चालन गरेको बताएका छन् ।

उनले अटेरी गरी निर्णयलाई नमानेका कारण आइतवार देखि आफुहरुहरुले समितिका गाडीहरु पश्चिमरुटमा सञ्चालन नगर्ने बताए । ‘यातायात व्यवस्थापन समिति अन्र्तगत अटो रिक्सा व्यवस्थापन उपसमितिमा पनि नगरक्षेत्र भित्र अटो रिक्सा सञ्चालन गर्ने र अन्य गाउँपालिकामा नचलाउने सहमति भएकोछ, तर उहाँहरुले अटेरी गरी सहमति उल्घन गर्नु भएको छ । सो कुरा हामीलाई मान्य हुने छैन् बस्नेतले भने ‘ सरोकार निकायहरुले पनि यस तर्फ ध्यान दिनुपर्ने पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*