काठमाडौँ – पूर्व मंत्री तथा साहित्यकार बलदेव शर्मा मजगैयाँले हालै दिवंगत भएका प्राध्यापक डा. तेजबहादुर के. सी. प्रति श्रद्धान्जली व्यक्त गरेका छन्।
महेन्द्र बहुमुखी क्याम्पस दाङ्गमा झन्डै ४० वर्ष र त्रि चन्द्र क्याम्पस काठमाडौँमा झन्डै पांच वर्ष अर्थ शास्त्र विषयको प्राध्यापकको रुपमा सेवा गर्नु भएका ६९ वर्षीय केसीको हालै निधन भएको हो।
‘स्वर्गीय केसी एक निर्भिक, निडर, सिद्धान्तप्रति निष्ठावान, प्रतिबद्ध प्रजातन्त्रवादी, बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो,” मजगैयाँले आफ्नो शोक वक्तव्यमा भनेका छन्। उनले स्वर्गीय केसीको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् ।
सल्यानकाे शाङ्काेटमा २०१२ सालमा प्राध्यापक केसीको जन्म भएको थियो ।
दाङ्ग घोराहीस्थित गुरुकुल एकेडेमीका प्राचार्य तथा साहित्यकार डा कृष्ण राज डीसीले प्राध्यापक केसीको दु:खद अवसानले प्राज्ञिक क्षेत्रमा एउटा रिक्तताकाे महसुस भएकाे बताए। उनले प्राध्यापक केसी स्वर्गीय नारायण सल्यानी झैँ कसैकाे आँखामा राखे पनि नबिझाउने आदर्श व्यक्ति भएको बताए ।
“नबिराउनू र नडराउनू भन्ने सिद्धान्तमा उहाँआस्था राख्नुहुन्थ्याे। “मानिसलाई जीवनमा कहिल्यै पुग्दैन तर पुगाउनुपर्छ!” याे स्व. के. सी. काे सिद्धि मिश्रित वाक्य थियाे। हुन पनि पुग्ने कुरा अनन्त हुन्छ तर कतिले पुग्ने? मुख्य सवाल यही हाे,” डा डीसीले भने।
RaptiSandesh RaptiSandesh