Home / Feature Breaking news / कीर्तिपुर मेयरमा कांग्रेसका डंगोल ५०० बढी मतान्तरले अगाडि

कीर्तिपुर मेयरमा कांग्रेसका डंगोल ५०० बढी मतान्तरले अगाडि

किर्तिपुर नगरपालिकाको मेयर पदको मतगणना जारी छ । आइतबार भएको उपनिर्वाचनको मतगणनाअन्तर्गत यहाँ नेपाली कांग्रेसका उमेदवारको अग्रता कायमै छ ।

पछिल्लो गणनाअनुसार, कांग्रेसका उमेदवार कृष्णमान डंगोल एक हजार ८९२ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा ९एमाले०का उमेदवार सुरेन्द्र मानन्धरले एक हजार ३७८ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ५१४ छ ।

यस्तै, नेकपा ९माओवादी केन्द्र०का उमेदवार शिवशरण महर्जन एक हजार १८८ मतसहित तेस्रो स्थानमा छन् । स्वतन्त्र उमेदवार राजमान महर्जन ९केटाकेटी चुनाव चिह्न० ७३६ मतसहित चौथो स्थानमा छन् । अर्का स्वतन्त्र उमेदवार दिनेशकुमार अधिकारी ९कैँची चुनाव चिह्न० ६४२ मत ल्याएर पाँचौँ स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*