Home / Feature Breaking news / सरकारले भन्यो : विदेशबाट फर्किएकाहरु नआत्तिनुस्

सरकारले भन्यो : विदेशबाट फर्किएकाहरु नआत्तिनुस्

काठमाडौं, १३ चैत ।

सरकारले हालसालै विदेशबाट आएका नागरिकहरुलाई नआत्तिन आग्रह गरेको छ ।

पछिल्लो समय विदेशबाट आएका दुई नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अरुले पनि स्वास्थ्य जाँचबारे चासो राखेका हुन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले विदेशबाट आएकाहरुलाई नआत्तिन आग्रह गरेका हुन् ।

‘यो भाइरसका कारण तपाईहरुलाई रुघा लाग्नसक्छ, खोकी लाग्ने र ज्वरो आउन सक्छ । लक्षण देखिनासाथ यही हो भन्ने हुँदैन’ उनले भने, आइसोलेसनमा बस्नुस्, २ दिन, तीन दिन चार दिन हेर्दै जानुस् । लक्षणबढ्दै गयो भने नजिकैको स्वास्थ्य चौकीमा जानुस् ।’

त्यसपछि मात्र सरकारले नमुना परीक्षण र उपचारको काम अगाडि बढाउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*