Home / समाचार / इटहरीका मेयर चौधरीले पत्रकारलाई फेरि तथानाम मुख छाडे

इटहरीका मेयर चौधरीले पत्रकारलाई फेरि तथानाम मुख छाडे

विराटनगर ।

पत्रकारलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरी इटहरी उपमहानगरपालिकाका  मेयर द्वारिकलाल चौधरी फेरि विवादमा तानिएका छन् ।

कोभिड १९ सम्बन्धी जनचेतना दिलाउने उद्देश्यले स्थानीय एरिना टेलिभिजनबाट संचालन हुने टेलिभिजन कार्यक्रममा कुराकानीका लागि टेलिफोन गर्दा प्रश्नै नसुनी पत्रकार भन्नासाथ चौधरीले मुख छाड्दै तथानाम अपशब्द प्रयोग गरेर गाली गरेका हुन् । उनले गाली गरेको अडियो अहिले भाइरल बनेको छ ।

उनले टेलिफोनमा सुन्नै नसकिने खालका शब्द प्रयोग गर्दै तथानाम गाली गलौज गरेका छन् ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काका अनुसार एरिना टीभीमा सुस्मिता राईले जनचेतनामुलक कार्यक्रम संचालन गर्छिन् । त्यही कार्यक्रमको लागि मास्टर कन्ट्रोल रुमबाट प्राविधिक पत्रकार राजन कट्वालले बिहीबार मेयर चौधरीलाई फोन गरेका थिए । तर, चौधरीले एक्कासी आक्रोसमा आएर गाली गरेका हुन् ।

उनले गाली गरेको अडियो क्लिप बिहीबार सामाजिक सञ्जालहरुमा समेत भाइरल बनेको छ ।

घटनाको निन्दा गर्दै नेपाल पत्रकार महासंघ सुनसरीले मेयर चौधरीले अहिलेको संकटको बेला स्थानीय सरकारको प्रमुखको हैसियतमा जिम्मेवार बन्नुपर्नेमा उल्टै सत्यतथ्य विवरण र सूचना दिनुको साटो पत्रकारलाई दुर्व्यहार गरेको जनाएको छ । महासंघका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले विज्ञप्ति प्रकाशित गरी पटक पटक प्रेस विरोधी गतिविधि नगर्न सचेत गराएका छन् ।

यसअघि पत्रकार विराट अनुपम नाकको डाँडी भाँचिदिने भन्दै धम्की दिएका मेयर चौधरीले इटहरीकै पत्रकारद्वय विकल रेग्मी र कृष्णवहाव भट्टराईलाई पनि दुर्व्यवहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*