Home / Feature Breaking news / ट्याक्टरको ठक्करबाट तुलसीपुरमा विद्यार्थीको मृत्यु

ट्याक्टरको ठक्करबाट तुलसीपुरमा विद्यार्थीको मृत्यु

दाङ । दाङमा ट्याक्टरको ठक्करबाट विद्यालय जादै गरेकी एक विद्यार्थीको मृत्यु भएको छ । आज विहान ९ः ४५ बजे तुलसीपुर उपमहानगरपालिका– ५ गोदामघर नजिकै ट्याक्टरले ठक्कर दिदा तुलसी आवासिय माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १२ बर्षीया बिजिता केसीको मृत्यु भएको हो ।

रा १ त १४३५ नम्बरको ट्याक्टरको ठक्कर दिदा गम्भीर घाईते भएकी तुलसीपुर ७ शिवनगर निवासी केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक विनोदबिक्रम शाहले बताएका छन ।

ट्याक्टरको ठक्करबाट केसीको टाउकोमा गम्भीर चोट लागेको थियो । साथै ट्याक्टरको ठक्करबाट सोही विद्यालयमा अध्ययनरत १४ बर्षीया मनिषा वली घाईते भएकी छिन् । वलीको बाया हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिएका छन । विद्यार्थीलाई ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*