Home / Feature Breaking news / भ्रमण बर्ष सफल पार्न घोराहीमा समिति गठन

भ्रमण बर्ष सफल पार्न घोराहीमा समिति गठन

घोराही, २ पुस । नेपाल भ्रमण बर्ष सन् २०२० लाई सफल पार्न घोराही उपमहानगरपालिकाले ११ सदस्यीय मूल समिति गठन गरेको छ । नगर स्तरीय पर्यटन तथा संस्कृती प्रर्बद्धन समितिको बुधबार बसेको बैठकले नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा ११ सदस्यिय मूल समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा पर्यटन प्रर्बद्धन समिति संयोजक रमेशकुमार पाण्डे, डा. शिबकुमार सुबेदी, केवि मसाल, केवि चौधरी, प्रेमकुमारी पुन, राजकुमारी चौधरी, भुपेन्द्र वली, दाङ जिल्ला उद्योग बाणिज्य संघ, होटल व्यवसायी समिति र सदस्य सचिबमा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी रहनुभएको छ ।

नेपाल भ्रमण बर्षलाई सफल बनाउन र नगरमा भएका पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसारका लागि समितिले नगर कार्यपालिकाले तोक्ने गतिबिधीहरु गर्ने भएको छ । साथै बैठकले पर्यटन सूचना केन्द्र निर्माणका लागि भवन बनाउने गरि स्थल खोजी गर्ने गर्ने भएको छ ।

त्यसैगरी, सांस्कृतीक संग्राहलय निर्माणका लागि स्थल छनोट गर्न पर्यटन प्रर्बद्धन समितिका संयोजक रमेशकुमार पाण्डेको अध्यक्षतामा ५ सदस्यीय समिति गठन भएको छ । समितिमा डा. शिबकुमार सुबेदी, नारायण भुसाल, केवि चौधरी र भुपेन्द्र वली सदस्य रहनुभएको छ ।

समितिले एक महिना भित्र सम्भावित स्थलहरुको प्रतिबेदन समितिमा पेश गर्ने जिम्मेवारी पाएको छ । साथै घोराहीको चिनारीका लागि ट्राफिक चोकमा घोडाको प्रतिमा राख्ने निर्णय समेत गरेको नगर स्तरीय पर्यटन तथा संस्कृती प्रर्बद्धन समितिका सदस्य सचिब बालकृष्ण खनालले जानकारी दिनुभएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*