Home / Feature Breaking news / संस्कार, संस्कृति र परम्परालाई आत्मसाथ गराैँ: पाेख्रेल

संस्कार, संस्कृति र परम्परालाई आत्मसाथ गराैँ: पाेख्रेल

घाेराही, ५ पुस
ज्याेतिषहरूकाे प्रदेश भेला दाङमा सम्पन्न भएकाे छ । नेपाल ज्याेतिष परिषद् दाङकाे अायाेजामा दुई दिने ज्याेतिष वास्तु तथा कर्मकाण्ड विषयक प्रदेश नम्बर ५ स्तरिय कार्यशाला गाेष्ठी शनिवार सम्पन्न भएकाे हाे ।

गाेष्ठीमा ६ वटा कार्यपत्र प्रस्तुत गरिएकाे थियाे ।  जसमा भाव फलमका विषयमा डा.अर्जुनप्रसाद भट्टराई, संस्कार कर्मका विषयमा पुष्पप्रकाश ज्ञवाली, ज्याेतिष र साहित्यका विषयमा कपील अज्ञान, अाधारभुत सुर्यचन्द्र फलका विषयमा मेघराज अाचार्य, वास्तुविज्ञानका विषयमा कपील सुवेदी र यज्ञ के हाे र कसरी गरिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएकाे कार्यक्रम संयाेजक केशव गाैतमले जानकारी दिनुभयाे ।

गाेष्ठीकाे शनिवार समापन गरिएकाे छ । नेपाल ज्याेतिष परिषद् दाङका अध्यक्ष गिरिराज अधिकारीकाे अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पाेख्रेलकाे प्रमुख अातिथ्यमा गाेष्ठीकाे समापन गरिएकाे हाे ।

20191221_152844

समापन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाेख्रेलले मानव जातिले संस्कार, संस्कृति र परम्परालाई अात्मसाथ गर्न अावश्यक रहेकाे बताउनुभयाे ।

विना विधि र प्रमाण शास्त्र परिवर्तन गर्न नमिल्ने र संस्कारले नै मानव अन्य प्राणीभन्दा फरक बनाएकाे उहाँकाे भनाई छ । समाजलाई एकताका समथ जाेड्ने र समाजलाई सभ्य बनाउनकालागी ज्याेतिषहरूकाे महत्वपूर्ण भूमीका नसर्वाह गरिरहेकाे पाेख्रेलले बताउनुभयाे ।
कार्यक्रममा नेपाल ज्याेतिष परिषद्का केन्द्रीय सचिव सह-प्राध्यापक डा.अर्जुनप्रसाद भट्टराई, ज्याेतिष परिषद् प्रदेश ५ का अध्यक्ष जनार्दन न्याैपाने, केन्द्रिय सदस्य सुन्दर भण्डारी, राेल्पा शाखा अध्यक्ष लिलाधर पन्थीले मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यक्रममा गाेष्ठीका संयाेजक एवं ज्याेतिष परिषद्का केन्द्रिय सदस्य केशव गाैतमले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण परिषद्का जिल्ला सचिव ढुण्डीराज ज्ञवालीले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*