Home / Feature Breaking news / दाङ कांग्रेसद्वारा प्रदेश सरकारको निर्णयको स्वागत

दाङ कांग्रेसद्वारा प्रदेश सरकारको निर्णयको स्वागत

दाङ,१८ असोज । नेपाली कांग्रेस दाङले देउखुरीलाई ५ नम्वर प्रदेशको स्थायी राजधानी बनाउने प्रदेश सरकारको निर्णयको स्वागत गरेको छ ।

कांग्रेस दाङले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशको केन्द्रमा पर्ने स्थानमा प्रदेश राजधानी बनाउने प्रदेश सरकारले गरेको निर्णयको स्वागत गरेको हो । विगतमा दाङ राजधानीका लागि नेपाली कांग्रेसले आन्दोलन गरेको स्मरण गराउदै कांग्रेसले दाङ ५ नम्वर प्रदेशको प्रादेशिक राजधानी हुनुपर्ने पक्षमा सदैब रहदै आएको समेत जनाएको छ ।

कांग्रेस दाङका सभापति किर्तिबहादुर खडकाले जारी गरेको बिज्ञप्तिमा प्रदेश सरकारले सिफारित गरेको ‘देउखुरी राजधानी’को पक्षमा मतदान गर्न प्रदेशसभाका सबै सांसदहरुलाई समेत अनुरोध गरेका छन् ।

‘दाङलाई प्रदेश नं. ५ को प्रादेशिक केन्द्र बनाउनका लागि काग्रेसले विगतदेखि नै लागि परेको पार्टी हो,तर विभिन्न परिस्थीतिका कारण हुन सकेको थिएन ’–विज्ञप्तिमा उल्लेख गरेका छन्–‘यसै सन्दर्भमा प्रदेश सरकारले देउखुरीको राप्ती गाउँपालिकालाई केन्द्र बनाएर प्रदेश राजधानी बनाउने निर्णय गरेको छ । यो राम्रो निर्णय हो ।’

प्रदेशका १२ ओटै जिल्लाका लागि पायक पर्ने थलो देउखुरी रहेको भन्दै भौगोलिक, वातवरणिय तथा सुरक्षाका दृष्टिले समेत उपयुक्त रहेको भन्दै प्रदेश सरकारले गरेको निर्णयको स्वागत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*