Home / समाचार / २१ औँ शताब्दीमा पनि जातिय विभेद हुनु लाजमर्दो हो –प्रमुख पाण्डे

२१ औँ शताब्दीमा पनि जातिय विभेद हुनु लाजमर्दो हो –प्रमुख पाण्डे

यमकला भुसाल
तुलसीपुर, ६ चैत

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले २१ औँ शताब्दीमा पनि जातिय विभेद हुनु लाजमर्दो भएको बताएका छन । ५३ औँ अन्तराष्ट्रिय जातिय उन्मुलन दिवसको अवसरमा सोमबार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनलाइ सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका छन । अन्तर जातिय विवाह गर्ने तर त्यस मध्ये पनि दोस्रो विवाह नगरेका जोडीलाइ दिवसका अवसरमा उपमहानगरले सम्मान गर्ने उनले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेले दलित र गैरदलितका बिचमा भएको बिहेलाइ समाज र परिवारले स्वीकार गरेको छ छैन भनी अन्वेषन गर्ने पनि बताए ।

५३ औँ अन्तराष्ट्रिय जातिय उन्मुलन दिवसका सयोजंक देवराज विश्वकर्माको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्ने बक्ताहरुले समाजमा रहेका सबै खाले विभेदहरुको अन्तय हुनुपर्नेमा जोड दिएका थिए । नेपाल पत्रकार महासघंका सदस्य तथा दलित अधिकारकर्मी जनक नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण दलित अधिकारकर्मी लक्ष्मण विश्वकर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*