Home / Feature Breaking news / घाेराहीकाे तीन फर्निचर उद्याेगमा भिषण आगलागी

घाेराहीकाे तीन फर्निचर उद्याेगमा भिषण आगलागी

घाेराही, ७ कार्तिक
दाङकाे घाेराहीमा फर्निचर उद्याेगमा आगलागी हुदा करडाैँकाे क्षति भएकाे छ । आगलागीबाट घाेराहीकाे सहिद उमेश मार्ग राेडमा रहेकाे तीन वटा फर्निचर उद्याेग पूर्ण रूपमा क्षति भएकाे छ ।
न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीन वटा फर्निचर उद्योगमा आगलागी भएकाे प्रहरीले जानकारी दिएकाे छ । आगलागीबाट करडाैँकाे क्षति भएकाे अनुमान गरिएकाे छ ।
राति करिब १२ बजेतिर लागेकाे आगाे बिहान करिब साढे ४ बजे नियन्त्रणामा आएकाे छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले घाेराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाकाे सहयाेगमा आगाे नियन्त्रणमा लिएकाे हाे । तिहार लक्ष्मीपूजामा बालिएकाे दियाेका कारण आगलागी भएकाे हुन सक्ने आशंका गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*