घाेराही, ८ कार्तिक
घाेराहीकाे सहिद उमेश मार्ग राेडमा रहेकाे तीन वटा फर्निचर उद्याेगमा लागेकाे आगाे पूर्ण नियन्त्रणकाे प्रयास जारी रहेकाे छ ।
न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीन वटा फर्निचर उद्योगमा राति करिब १२ बजे आगलागी भएकाे र अहिले पनि आगाे नियन्त्रणकाे प्रयास जारी छ ।
आगाे बिहान साढे ४ बजे नियन्त्रणमा आएकाे थियाे भने अहिले पूर्ण नियन्त्रणकाे प्रयास भईरहेकाे छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले घाेराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाकाे सहयाेगमा आगाे पूर्ण नियन्त्रणकाे प्रयास गरिरहेकाे छ ।
विद्युत सर्ट भएर आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।
RaptiSandesh RaptiSandesh