Home / समाचार / वालमैत्री अवधारणा विषयमा छलफल

वालमैत्री अवधारणा विषयमा छलफल

तुलसीपुर, ३२ जेठ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा आजदेखि वालमैत्री अवधारणा विषयक २ दिने अभिमुखिकरण कार्यक्रम आजदेखि शुरु भएको छ । वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षतामा शुरु भएको उद्घाटन सत्रमा वोल्ने वक्ताहरुले भोलीको सक्षम नेतृत्वका लागी अहिलेका वालवालिकाहरुलाई सक्षम वनाउन अभिभावकहरुले उचित वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

वक्ताहरुले वाल अधिकार, वाल विवाह जस्ता सवालमा सवै अभिभावक र सरोकारवालाहरुले ध्यान दिनुपर्ने वताएका थिए ।वडा सदस्य सुवास डांगीको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन सत्रमा वडा सदस्य घनश्याम गौतमले विषय वस्तु वारे प्रकाश पारेका थिए । त्यस अवसरमा वडा सदस्यहरु निर्मा चौधरी, खिमा कुमारी विक, वडा सचिव भुवनेश्वर अधिकारी, तुलसीपुर उपमहानगरपालिकाको कार्यालयका प्रतिनिधि मायां श्रेष्ठ लगायतले आफ्नो धारणा राखका थिए ।

कार्यक्रमको सहजिकरण वडा कार्यालयकी कर्मचारी लक्ष्मी चौधरीले गरेकी थिईन् । २ दिन सम्म सञ्चालन हुने कार्यक्रममा प्रशिक्षक तुलसीपुर उपमहानगरपालिकाको कार्यालयका महिला तथा वालवालिका विभागकी मायां श्रेष्ठले वाल अधिकार, वालमैत्री स्थानिय शासनलगायतका विषयमा प्रशिक्षण दिनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*