Home / Feature Breaking news / घोराहीमा सस्कार पार्टी प्यालेस सञ्चालनमा

घोराहीमा सस्कार पार्टी प्यालेस सञ्चालनमा

दाङ,३२ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १५ को काठेकोहलमा सस्कार पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । करिव ३० लाख बढिको लागतमा पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट सञ्चालनमा ल्याएको सञ्चालक पदम भण्डारीले बताए ।

बढ्दै गएको बजारमा नयाँ स्वाद र सत्कार दिने उद्देश्यले आफुले पार्टी प्यालेस तथा रेष्टुरेण्ट सञ्चालनमा ल्याएको भण्डारीले बताए । बेरोजगारीका कारण दिनहु युवाहरु बाहिर गईरहेको अवस्थामा आफुले स्वदेशमै केही गरौँ र केही युवालाई रोजगारी समेत दिन सकियोस भनेर पार्टी प्यालेस एण्ड रेष्टरेण्ट सञ्चालनमा ल्याएका हुन । मासिक ४० हजार रुपैयाँ भाडा तिर्ने गरि जग्गा लिएर भण्डारीले पार्टी प्यालेस सञ्चालन गरेका हुन ।

पार्टी प्यालेस एण्ड रेष्टुरेण्टको शनिवार एक कार्यक्रमका विच उ्दघाटन गरिएको छ । पार्टी प्यालेसको उद्घाटन दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल र दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डागीले सयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन गर्दै प्रमुख अतिथि भुषालले होटल व्यवसायमा नयाँ युवाहरुको आकर्षण बढ्दै जानु राम्रो भएको बताए । बेरोजगारीका कारण बाहिर जानुभन्दा स्वदेशमै केही गर्न चाहने युवाहरुको लागि राम्रो व्यवसाय भएको भन्दै व्यवसाय प्रवद्र्धनका लागि राज्यले सहयोग गर्न आवश्यक रहेको बताए ।

त्यस्तै दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीले होटल व्यवसायमा अवसरसँगै चुनौति समेत रहेको बताए । चुनौतिहरुलाई चिर्दै व्यवसाय गर्न सके राम्रो उत्पादन लिन सकिने उनको भनाई रहेको थियो । साथै अध्यक्ष डागीले पछिल्लो समय होटल व्यवसायमा बसेर अनैतिक कार्य हुने गरेको भन्दै त्यसमा सञ्चालक सचेत रहन समेत आग्रह गरेका थिए । त्यस्तै उनले खाद्य सुरक्षासँगै सरसफाईलगायतका ध्यान दिन समेत आग्रह गरेका थिए । कार्यक्रम पार्टी प्यालेस एण्ड रेष्टुरेष्टका सञ्चालक पदम भण्डारीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*