Home / Feature Breaking news / साफ च्याम्पीयनसिपकालागि राष्ट्रिय खेलाडी छनोट प्रतियोगीता घोराहीमा हुने

साफ च्याम्पीयनसिपकालागि राष्ट्रिय खेलाडी छनोट प्रतियोगीता घोराहीमा हुने

दाङ, ९ कार्तिक
साफ च्याम्पीयनसीप फुटबल प्रतियोगीताका लागि राष्ट्रिय खेलाडी छनोट प्रतियोगिता दाङको घोराहीमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रही दाङ जिल्ला फुटबल ंघको व्यवस्थापनमा घोराहीमा राष्ट्रिय खेलाडी छनोट गर्न प्रतियोगिता हुने भएको हो ।

५ वटा विकास क्षेत्र र तीन बिभागीय टोली सहित ८ टिमको सहभागीतामा लिग चरणमा प्रतियोगीता हुने छ । कार्तिक मसान्त तिर हुने प्रतियोगीताको लागि औपचारिक पत्र आउन बाँकी रहेको फुटबल संघका महासति सुशील श्रेष्ठले जानकारी दिनुभयो ।

घोराहीको भरतपुर खेल मैदानमा खेलाडी छनोट प्रतियोगिता हुने श्रेष्ठले जानकारी दिनुभयो ।

आठ ओटा खेलाडी समूहको सहभागितामा हुने खेलका लागि पूर्वाधार तयार पार्ने विषयमा आज विहीवार भरतपुर खेल मैलानमा छलफल समेत भएको छ ।

यसैबीच राष्ट्रिय खेलाडी छनोट प्रतियोगिताका विषयमा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, दाङ जिल्ला उद्योग वणिज्य संघका अध्यक्ष नारायण भुषाल सगायत पत्रकार, पूर्व खेलाडी, खेलाडी, खेलप्रेमीहरुको सहभागीतामा मैदानको अवलोकन गरिएको छ ।

भरतपुर खेल मैदान व्यवस्थापनसँगै आवश्यक अन्य गृहकार्यका लागि जिल्ला फुटबल संघका सदस्य एवं यूएनविसीका अध्यक्ष बुद्धिराम पुनको संयोजकत्वमा समिति गठन गरिएको फुटबलका रेफ्री नरेन्द्र पुनले जानकारी दिनुभयो ।

साथै औपचारिक पत्र आएपछि जिल्लामा वृहत रुपमा प्रतियोगीतालाई सफल बनाउने विषयमा छलफल हुने उहाँले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*