दाङ, ९ कार्तिक
आगमी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यकालागि हुने निर्वाचनकालागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जिल्लाको सदरमुकाम घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय एवं निर्वाचन अधिकृतको कार्यालय विहीवार एक औपचारिक कार्यक्रमको आयोजना गरेर स्थापना गरिएको हो । निर्वाचन क्षेत्रको काम सदरमुकाम घोराहीबाट नै हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेश र संघको निर्वाचनकालागि मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला न्यायधिश हेमन्त रावललाई दिईएको छ । जिल्लामा पतिनीधी सभाकालागि ३ र प्रदेश सभाकालागि ६ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
जसमध्य निर्वाचन क्षेत्र नम्बर १ मा अर्थ मन्त्रालयका कानुनी अधिकृत श्रीलाल पौडेल, २ मा मुख्य निर्वाचन अधिकृत हेमन्त रावल र क्षेत्र नम्वर ३ मा उच्च सरकारी वकील कार्यालय तुल्सीपुरका चक्रदेव आचार्यलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिईएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना संगै चुनानी प्रक्रिया सुरु भएको छ ।
कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस हेमन्त रावलले निष्पक्ष रुपमा निर्वाचन बनाउने बताउनुभयो । नियम कानुन अनुसार आफूले काम गर्ने भन्दै सहयोग गर्न राजनितिक दल सहित सम्पूर्णमा अनुरोध गर्नुभयो । प्रमुख जिल्ला अधिकारी गजेन्द्रवहादुर श्रेष्ठले शान्तपूर्वक निर्वाचन सम्पन्न गर्नकालागि आफूहरु लागिपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिततीका उप प्रमुुख श्रीधर पौडेलले निर्वाचनलाई सफल वनाएर संविधानको कार्यान्वयन गर्ने सवै लाग्नु पर्ने बताउनुभयो । घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सबै मिलेर निष्पक्ष निर्वाचन बनाउन तर्फ लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रकमा सहभागि एमालेका जिल्ला अध्यक्ष टीकाराम रेग्मी र नेकपा माओवादी केन्द्रका सह इञ्चार्ज निर्मल आचार्यले निर्वाचनलाई सफल बनाउन आफुहरुको सहयोग रहने बताए ।
जिल्ला बारका अध्यक्ष प्रदिप गौतमले निर्वाचनलाई सफल वनाउन सवैको सहकार्य रहनु पर्ने बताए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण भुपाल भण्डारीले गरेका थिए ।