Home / Feature Breaking news / राप्ती ४१ जनाद्धारा रक्तदान

राप्ती ४१ जनाद्धारा रक्तदान

तिर्थराज ज्ञवाली
देउखुरी, ९ साउन । राप्ती गाउँपालिकामा ४१ जनाले रक्तदान गरेका छन् । रक्तदान जीवनदान भन्ने उदेश्यका साथ राप्ती गाउँपालिकाको कार्यालयमा शुक्रवार आयोजना गरिएको रक्तदान कार्यक्रम ४१ जनाले रक्तदान गरेका हुन ।

पछिल्लो समय ब्लड बैकमा रगतको कमी भएपछि रक्तदान गरिएको हो । जिल्लामा रगतको अभाव हुन नदिनका लागि गाउँपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताएका थिए ।

नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखाको समन्वय, नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र घोराहिको प्राविधिक सहयोगमा राप्ती गाउँपालिका स्वास्थ्य शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाईटी लालमटियाको सहकार्य तथा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान गरेका थिए ।
शुक्रवार विहान ७ बजेदेखि सुरु गरिएको रक्क्तदानमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी, ससस्त्र प्रहरी, पत्रकार, सर्बसाधारण नागरिकले सहभागीता रहेको थियो ।

४१ जनाले रक्क्तदान गरेको नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखा सचिव प्रमोद पौडेलले जानकारी दिएका छन। रक्तदान कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, प्रवक्ता विद्याशरण चौधरी, वडा अध्यक्ष वडा नं ३ का चन्द्र चौधरी, वडा नं ८ का गोकर्ण बहादुर, विश्वास विक, वासुदेव खनाल, विकास ज्ञवाली, प्रभु महतो, राजेन्द्र पौडेल, ठाकुरप्रसाद सुवेदी, कृष्णमाया पोख्रेल, दल बहादुर घर्ति, शम्भु भण्डारी, निर्मल शर्मा, केशव खत्री क्षेत्री, सुवास भट्टराई, शरद पुरी, गरिवु चौधरी, सन्तोष गुप्ता, कुमार राना मगर, औधेष चौधरी, प्रदिप चौधरी, किशोर बहादुर पुन, कृष्ण बहादुर विष्ट, आशिष पौडेल, विनोद कुमार मगर, मुग बहादुर दर्लामी, सन्तोष कुमार योगी, सन्तोष कुमार रेग्मी, ममता केसी, अन्जुदेवी केसी, तिर्थराज ज्ञवाली, अशोक बेल्वासे, युवक चौधरी, रिवश जिसी, प्रदिपप्रसाद बैदिक, मनिशलाल चौधरी, नारायण आरसी, कुमार नायव, तपमिन श्रेष्ठ, नवराज अधिकारीलगायतकाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखा उपसभापति मेनुका शर्मा, सहकोषाध्यक्ष जिवराज शर्मा, सदस्य कृष्णबहादुर विष्ट, ठाकुर सुवेदी, रक्त संचार सेवा केन्द्र घोराही ईन्चार्ज दिलिप न्यौपाने, प्राविधिक ठाकुर पौडेल, शिमा डिसी, गोपी चौधरी, दिलीप चौधरीलगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*