Home / Feature Breaking news / कानून प्रभावकारी कार्यान्वयन गरः पोख्रेल

कानून प्रभावकारी कार्यान्वयन गरः पोख्रेल

लिलाधर वली
घोराही, १८ कार्तिक
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकारहरुमाथि हुने असुरक्षा रोक्नकालागि राज्यले कानून प्रभावकारी कार्यान्वयनका साथै राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा गरेका प्रतिवद्धता कडाईका साथ कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ ।

‘पत्रकार विरुद्ध हुने अपराधसम्वन्धी दण्डहीनता अन्त्य गर’ भन्ने अन्तर्राष्ट्रिय दिवसका अवसरमा शनिवार घोराहीमा फ्रिडम फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष पोख्रेलले मुलुकमा अझै पनि पत्रकारहरुले स्वतन्त्रता पूर्वक लेख्न सक्ने अबस्था नरहेको भन्दै अबस्था सुधारका लागी सम्बद्ध पक्षले ध्यान दिन आबश्यक रहेको बताउनु भयो ।

पोख्रेलले पत्रकारहरु आफ्नो पेशागत धर्मप्रति जिम्मेवार नहुदा पनि पत्रकारहरुमाथि असुरक्षासँगै डर,धम्कीहरु आउने गरेको बताउनु भयो । पत्रकारहरुलई जिम्मेवार,पेशाप्रति इमानदार र पत्रकारहरुको दक्षताकालागि महासंघले आचारसंहिता निर्माण गरेको भन्दै उहाँले आचारसंहितालाई पालना गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले अस्थीर सरकारसँगै राज्यसगँ अपराधिलाई कारवाही गर्ने स्पष्ट निती नियम नहुदा अपराधिहरु पक्राउ परेपनि छुट्ने गरेको बताउनुभएको थियो । शसस्त्र द्धन्द्धसँगै अन्य विभिन्न समयमा नेपालमा पत्रकारहरुको हत्य गर्ने,अंग भंग गर्नेसँगै डर,धम्की,त्रास दिनेक्रम अहिलेपनि चलिरहेकाले त्यसवाट बच्न पत्रकारहरु आफुै स्वयम सचेत हुनुपर्ने बताउनु भयो ।

छलफलका लागी आधार पत्र प्रस्तुत गर्दै पोख्रेलले नेपालमा अहिले सम्म ३६ जना पत्रकारको हत्या भएको र ४ जना अझै बेपत्ता रहेको बताउनु भयो । त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमले पत्रकारहरुको भौतिक सुरक्षाको राज्यले ग्यारेण्टी गर्नुपर्ने बताउनुभयो । पत्रकारहरुले समाचार प्रकाशन प्रशासरण गरेकै भरमा विभिन्न खाले थे्रट आउने गरेको भन्दै उहाँले त्यसवाट बच्न पत्रकारहरुले सन्तुलित र सत्य समाचार लेख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नागरिक समाज दाङका सचिव चन्द्रराज पन्तले अपराधीलाई कारवार्ही गर्ने राज्यको बलियो कानून नहुदा नेपालमा पत्रकारहरुसँगै सर्वसाधारण नागरिकहरुले असुरक्षाको महशुस गर्नुपरेको बताउनुभयो ।

अपराधलाई राजनीति करण गर्ने र अपराधी पक्राउ परेपनि सजाय नपाएरै छुट्टे प्रवतिका कारण दण्डहिनता बढदै गएको भन्दै उहाँले पत्रकारहरुलाई सत्य,तथ्य र निष्पक्ष रुपमा कमल चलाउन आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पत्रकारहरुमाथि हुने असुरक्षा रोक्न पत्रकारहरुले व्यक्ति पूर्वाग्राहमा आएर भन्दापनि बास्तविकतामा आधारित सहि समाचार लेख्नुपर्ने र दोषीलाई कावार्हीको ग्यारेण्टी हुनुपर्ने बताएका थिए ।

फ्रिडम फोरम दाङका संयोजक सुदीप गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, नेपाल बार एशोसियसन दाङका अध्यक्ष प्रदिप गौतम, महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्य, एमनेष्टी इन्टरनेशलका केन्द्रीय सदस्य बिपिन बुढाथोकी, हरप्लेस दाङका संयोजक बिनोद केसी, अधिवक्ताहरु निर्मल गौतम, सन्तोष पोख्रेललगायतले पत्रकारको शुरक्षाका बारेमा विभिन्न सुझाव दिनु भएको थियो ।

कायक्रमको सञ्चालन पत्रकार आरके सितलले गर्नुभएको थियो । सन २००९ मा फिलिपिन्सको आम्पातुनमा अपहरण तथा हत्याकाण्डमा मारिएका १२ जना पत्रकारहस्को सम्झनामा हरेक बर्ष नोभेम्वर २ लाई विश्वभर ‘पत्रकार विरुद्ध हुने अपराधसम्वन्धी दण्डहीनता अन्त्य गर’ भन्ने अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाईदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*