दाङ, १८ कार्तिक
आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउनकालागि समयोग गर्ने उद्धेश्यकासाथ नेपाल प्रेस युनियन दाङले जिम्मेवारी तोकेको छ ।
युनियन जिल्ला कार्यसमितिको आज शनिवार घोराहीमा बसेको बैठकले ३ वटै निर्वाचन क्षेत्रमा संयोजक तोकेर जिम्मेवारी दिएको हो ।
जस अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा देवेन्द्र बस्नेत, २ मा उपाध्यक्ष बसुन्धरा गौतम र ३ मा अध्यक्ष सुशील बस्नेतलाई संयोजक तोकेर जिम्मेवारी दिएको छ ।
संयोजकले आफ्नो क्षेत्रका युनियनमा आवद्ध पत्रकारहरुसँगको समन्वयमा समिति बनाएर उमेद्वारहरुसँगै रिपोर्टिङमा खटाउने छन् ।
जिल्ला अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा बसेको बैठकले गत भदौमा सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघको केन्द्रिय उपाध्यक्षमा विजयी सल्लाहकार विपुल पोख्रेललाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएको छ ।
यस्तै सोही निर्वाचनबाट प्रेस युनियनको समर्थनमा विजयी दाङका पत्रकारहरु गोविन्द आचार्य अध्यक्षमा र उदय जिएम सचिवमा विजयी भएकोमा बधाई सहित सफलताको शुभकामना दिएको छ ।