दाङ, १८ कार्तिक
नेपाल महिला संघ दाङले आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यकालागि हुने निर्वाचनमा नेपाली कांग्रेसमा उमेद्वारहरुलाई विजयी बनाउनकालागि चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।
आज शनिवार घोराहीमा बसेको बैठकले जिल्लाका ३ वटै निवाृचन क्षेत्रमा प्रचार समितिहर गठन गरेको हो ।
जिल्ला अध्यक्ष गोमा रावतको अध्यक्षतमा बसेको बैठकले क्षेत्र नम्बर १ मा सचिव लक्ष्मी योगी, २ मा जिल्ला सचिव लक्ष्मी लम्साल र क्षेत्र नम्बर ३ मा कोषाध्यक्ष देवा डिसी संयोजक रहेको प्रचार समिति गठन गरेको हो ।
समितिमा महाधिवेशन प्रतिनीधी, जिल्ला कमिटि सदस्यहरु रहनेछन् ।
वैठकले आन्तरिक अनुगमन समिति पनि गठन गरेको छ । जसको संयोजकमा जिल्ला अध्यक्ष गोमा रावत, निवर्तमान अध्यक्ष गीता शाह, महाधिवेशन प्रतिनीधी लोका विश्वकर्मा, महिला संघ जिल्ला सदस्य कृष्णा राना, जिल्ला सदस्य सरस्वता बस्नेत रहनुभएको छ ।
साथै बैठकले महिला संघको प्रत्यक निर्वाचन क्षेत्र प्रचार समिति र वडाहरमा प्रचार समिति गठन गर्न निर्देशन दिएको छ ।
आजको बैठकले नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य एवं क्षेत्रीय सभापति पुष्कर रेग्मीको आमाको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना दिएको छ ।