Home / Feature Breaking news / पत्रकार महासंघले विज्ञापनदाता र मिडिया सञ्चालकबीच छलफल कार्यक्रम गर्ने

पत्रकार महासंघले विज्ञापनदाता र मिडिया सञ्चालकबीच छलफल कार्यक्रम गर्ने

घोराही, ११ साउन

नेपाल पत्रकार महासंघ दाङले जिल्लाका विज्ञापनदाता र सञ्चारमाध्यम सञ्चालकहरुबीच छलफल कार्यक्रम गर्ने भएको छ । नेपाल पत्रकार महासंघ दाङको बुधवार बसेको नियमीत बैठकले जिल्लाबाट ठुलो मात्रामा विज्ञापनहरु बाहिरी जिल्लाका सञ्चारमाध्यममा जाने प्रचलन रहेकाले जिल्लाका सञ्चारमाध्यमहरुमा दिने वातावरण निर्माण गर्नकालागी जिल्लाका विज्ञापनदाता र सञ्चारमाध्यमका सञ्चालकहरुबीच छलफल गर्ने निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले मिडिया सचेतना कार्यक्रम गर्ने र नेपाल पत्रकार महासघ दाङले सुरु गरेको फिचर सेवालाई निन्तरता दिने निर्णय पनि गरेको छ ।

यस्तै हिन्दुहरुको महान् पर्व हरितालिका (तीज) को अवसरमा नेपाल पत्रकार महासंघ दाङको आयोजनामा ‘तीज विशेष कार्यक्रम–२०७९’ आयोजना गर्ने निर्णय गरेको सचिव आर.के.शीतलले जानकारी दिनुभयो ।

बैठकले नेपाल पत्रकार महासंघ दाङका सदस्य रञ्जीता अधिकारीको ससुरा बुवा घोराही उपमहानगरपालिका वडा नम्बर ६ गुरुवागाँउ निवासी बलदेव शर्मा आचार्यको ७२ बर्षमा यही असार ३१ गते निधन भएकाले मृतकको आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*