Home / Feature Breaking news / २ करोड लगानीमा ८ जलासय निर्माण गरिदै

२ करोड लगानीमा ८ जलासय निर्माण गरिदै

अमरराज आचार्य
दाङ, ८ फागुन । घोराही उप महानगरपालिकामा चालु आर्थिक वर्ष २०७४ ÷७५ मा जलासय निर्माणका लागि २ करोड रकम खर्च गरीदै छ । उपमहानगरपालिकामा पानीको मुहान संरक्षणका, हरित नगर निर्माणका लागि कृत्रिम जलासय निर्माण गरिएको घोराही उप महानगरपालिका कार्यालयले जनाएको छ । घोराही उप महानगरपालिका कार्यालयले आर्थिक वर्ष २०६७÷०६८ साल देखि हरित नगर तथा पानीको मुहान संरक्षणका लागि एक वडा एक जलासय निर्माण गर्ने अभियान थालनी गरेको थियो । उप महानगरपालिका कार्यालयले चालु आर्थिक वर्षमा ८ स्थानमा कृत्रिम ताल निर्माण गर्ने जनाएको छ ।
घोराही उप महानगरपालिका कार्यालयका सुचना अधिकारी प्रेम केसीका अनुसार चालु आर्थिक वर्षमा घोराही उप महानगर पालिका वडा नम्वर १८ को गिठेपानी, १३ को कलमघारी, १७ को गुलरीया, १३ गंगटे १७ को ढिकपुर, १२ को सिस्नेरी, ५ को तुइखोला, वडा नम्वर २ को वालीमको पश्चिम खोलामा क्रृत्रिम जलासय निर्माण गरीने भएको छ । जलासय निर्माणका लागि घोराही उप महानगरपालिका कार्यालयले २ करोड रकम समेत विनियोजन गरेको छ । केही स्थानमा उपभोक्ता समिति गठन गरेर सम्भौता गर्ने प्रक्रिया अगाडि वढी सकेको उप महानगरपालिका कार्यालयले जनाएको छ ।
साविक घोराही नगरपालिकामा रहदा सम्म ८ वटा जलासय निर्माण भइ सकेको उप महानगरपालिका कार्यालयले जनाएको छ । यसरी निर्माण गरीएका जलासय मध्ये २ वटा प्राकृति र ६ वटा कृतिम जलासय रहेको नगरपालिका कार्यालयले जनाएको छ । घोराही नगर पालिका रहदा सम्म घोराही नगरपालिका २ को गुलरीया, घोराही ३ को ढिकपुर र आरोज्ञ, घोराही ४ को डवरीमा, घोराही ५ को अम्वापुर, घोराही ७ को बाह्रकुने, घोराही ८ का ज्यामिरे, घोराही ९को वाहुन डाडाँमा निर्माण गरीएको गक्टयौमा कृतिम जलासय निमार्ण गरीएको उप महानगरपालिका कार्यालयले जानकारी दिएको छ । उप महानगरपालिका कार्यालयले नगरवासीको माग अनुसार कृतिम जलासय निमार्ण कार्य अगाडि वढाइएको जनाएको छ ।

घोराही उप महानगर पालिका प्रमुख नरुलाल चौधरीले घोराही उप महानगपालिका क्षेत्रमा वहु उदेश्य राखिएर क्रृतिम जलासय निर्माण कार्य अगाडि वढाइएको जानकारी दिए । उनले चालु आर्थिक वर्षमा उप महानगरपालिकाले ८ वटा निर्माण थालिएको र अन्य पनि निर्माण हुन सक्ने चौधरीले बताए । ‘जलासय एक उदेश्य मात्र नभइ वहु उदेश्यले जलासय निर्माण गर्ने अभियान अगाडि वढाएका छौ’ उनले भने । घोराही उप महानगरपालिकालाई जलासय रुपमा पनि परिचीत वनाउन उप महानगरपालिका कार्यालय लागि परेको प्रमुख चौधरीको भनाई छ । जलासय निर्माण गरीए पछि पानीको मुहान संरक्षण, सिंचाइको सुविधा तथा माछापालन गर्ने सकिने प्रमुख चौधरीले बताए ।
‘जलासय निर्माणका लागि नगरवासिहरुको माग वढदै गएको छ’, प्रमुख चौधरीले भने । उप महानगरपालिकाले कुन कुन क्षेत्रमा जलासय निर्माण गर्ने सकिन्छ भनेर अध्ययन समेत थालेको बताए । जलासय निर्माण गर्ने सकिने क्षेत्रमा नगरपालिकाले काम अगाडि वढाउने बताए । ‘उप महानगर पालिकाले आफनो तर्फवाट संगै अन्य दाताहरुको खोजि गरेर समेत जलासय निर्माण कार्यलाई अगाडि वढाउने छ’ नगर प्रमुख चौधरीले भने । घोराही उप महानगर पालिकामा जलासय निर्माण गरीएका क्षेत्रमा अहिले तरकारी खेती गरेर स्थानिय वासीन्दाहरुले आफनो आर्थिक स्तरमा समेत सुधार ल्याउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*