Home / Feature Breaking news / लागुऔषध दुव्र्यसनी नियन्त्रणमा शिक्षकहरुको भुमिका महत्वपुर्ण

लागुऔषध दुव्र्यसनी नियन्त्रणमा शिक्षकहरुको भुमिका महत्वपुर्ण

दाङ,६ फागुन । लागुऔषध दुव्र्यशनीहरुको न्युनिकरणकालागी प्रहरीले थालेको सिधा कारवाहीको समन्वय गर्दै स्थानिय तहले स्कुलका शिक्षक जनप्रतिनिधिहरु र अभियावकहरुलाइ लागुऔषध नियन्त्रण र सचेतना अभियान थालेको छ । त्यसकालागी शिक्षक÷जनप्रतिनिधहरुलाई वालवालिकाहरुलाइ कुलतमा फस्न पहिलो चरणमा मुख्य भुमिका अभिभावकहरु र शिक्षकहरुले हुने बताएका हुन ।
नियन्त्रणका लागि शिक्षकहरुको भुमिका महत्वपुर्ण हुने भन्दै प्रहरीले घोराही उपमहानगरपालिका शिक्षकहरुलाई लागुऔषध नियन्त्रण सम्वन्धी सचेतना गराएको छ । लागु औषध नियन्त्रण अभियान अन्तर्गतको सिधा कारबाही कार्यक्रम अन्र्तगत नगर स्तरिय लागुऔषध नियन्त्रण समितिको सहसंयोजनमा वडा प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका अन्तर्गतका निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरुलाई लागु औषध दुव्यर्सन नियन्त्रणका बारेमा सचेतना गराएको हो । कार्यक्रमको जानकारी गराउदै जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले लागुऔषध नियन्त्रणमा शिक्षकहरुको महत्वपुर्ण भुमिका हुने बताईन ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले दाङसहित पुरै देशभर नै लागुऔषध दुव्यर्सनीको अवस्था डर लाग्दो भएको बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले दुव्यर्सनी रोक्न स्वयम प्रत्येक नागरिकसँगै घरपरिवार र समाज सचेत हुनुपर्छ । ‘लागुऔषध दुव्र्यसनी घरपरिवार,समाजसँगै राष्ट्रकै रोगका रुपमा रहेको छ’,प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने,‘ यो रोग निराकरणकालागि एउटाको मात्र पहलले हुदैन सवैको सहकार्य आवश्यक रहेको छ ।’
त्यस्तै घोराही उपमहानगरपालिका मयेर नरुलाल चौधरीले लागुपदार्थक दुव्यर्सनलाई न्यूनीकरणका लागि घोराही उपमहानगरपालिकाले वडा स्तरमा कार्यक्रम गर्ने बताए । कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा शिक्षकशिक्षिकाहरुलाई वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक रञ्जन अवाले लागु औषध,जिल्लामा लागुऔषधको अवस्था, यसबाट बच्ने उपाय, लागु औषध नियन्त्रणमा जनप्रतिनिधि तथा शिक्षकहरुको भुमिका विषयमा जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव आरे शितलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*