घाेराही, ९ जेठ
युनियन लाईफ ईन्स्याेरेन्स कम्पनी लिमीटेडले कम्पनीका बारेमा दाङमा जानकारी गराएकाे छ । विहीवार घाेराहीमा पत्रकार सम्मेलन गरेर लिमीटेडका बारेमा जानकारी गराएकाे हाे ।
पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनाेजकुमार लाल कर्णले बिमा सम्बन्धी नया बिमा यमेजना तयार गर्ने, बिमा ब्यवसायकाे प्रवर्धन गरि अार्थिक विकासमा टेवा पुर्याउने, बिमा ब्यवसायकाे विकास तथा बिस्तार गरि सबैलाई बिमाकाे दायरामा ल्याउने र बिमा ब्यवसायकाे विश्वसनियता अभिबृद्धि गर्न सचेतनामूलक कार्यक्रम गर्ने कम्पनीकाे उद्धेश्य रहेकाे बताए ।
उनले कम्पनीमा अधिकृत पुजी २ अर्ब १५ कराेड रूपैया रहेकाे बताए ।
‘जीवन अमूल्य छ, सुरक्षित गर्नुहाेस्’ भन्ने शाेलाेगनका साथ स्थापना भएकाे युनियन लाईफ बिमा कम्पनीले विभिन्न याेजनाहरू सञ्चालन गरेकाे छ । जसमा सिमित भुक्तानी सावधिक जीवन बीमा, अग्रिम भुक्तानी तथा अाजिवन जीवन बीमा, बालबच्चा सावधिक बिमा, सावधिक तथा अाजीवन जीवन बीमा, सावधिक जिवन बीमा र सामुहिक एक बर्षे नविकरण म्यादी जीवन बीमा याेजना रहेकाे कम्पनीमा घाेराही शाखाका प्रबन्धक साजिदा सिद्धिकीले जानकारी दिईन् ।
युनियन लाईफ बीमा कम्पनी लिमीटेडले देशका सम्पूर्ण जिल्लाहरूमा शाखा एवं उपशाखाहरू स्थापना गरेर सेवा सञ्चालन गरिरहेकाे छ ।