Home / Feature Breaking news / घाेराही १५ मा नमूना हाटबजारकाे शिलन्यास

घाेराही १५ मा नमूना हाटबजारकाे शिलन्यास

घाेराही, १० जेठ

घाेराही उपमहानगरपालिका वडा नम्बर १५ मा नमूना हाटबजार बन्ने भएकाे छ । वडा नम्बर १५ काे अमृत टाेल विकास संस्थामा रहेकाे घरेलु शिल्पकलाकाे स्वामित्वमा रहेकाे जग्गामा नमूना हाटबजार बनाउन सुरू गरिएकाे हाे ।
बजारकाे शुक्रवार शिलन्यास गरिएकाे छ । जसकाे वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले गर्नुभएकाे हाे ।
पाँच नम्बर प्रदेशकाे सहयाेगमा नमूना हाटबजार निर्माण गर्न सुरू गरिएकाे हाे ।

५७ लाखकाे लगानीमा तरकारी बजार, मासु तथा माछा पसलहरू सञ्चालन गरिने छ । २८ वटा सटरहरू रहने छन् ।

घरेलु शिल्पकलाकाे स्वममित्वमा रहेकाे १३ कठ्ठा जग्गामा अहिले तरकारी पसलहरू खुल्ला रूपमा सञ्चालन भईरहेका छन् ।
असार मसान्तसम्म निर्माणकाे काम पूरा हुने निर्माण समितिका अध्यक्ष केशव ढकालले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*