Home / Feature Breaking news / ट्राफिक प्रहरी कार्यालयमा निर्मित देवि भगवति मन्दिरको उद्घाटन

ट्राफिक प्रहरी कार्यालयमा निर्मित देवि भगवति मन्दिरको उद्घाटन

घोराही, १० असोज

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ परिसरमा निर्माण गरिएको मन्दिरको उद्घाटन गरिएको छ । कार्यालय परिसरमा निर्माण गरिएको देवि भगवति मन्दिरको सोमवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो ।

मन्दिरको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक विरबहादुर ओलीले गर्नुभएको हो । मन्दिर उद्घाटन कार्यक्रममा टोल विकास संस्था, सहयोगी दाता एवं सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । त्यस अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, जिल्ल प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक राजनकुमार गौतम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी लगायतको उपस्थिति रहेको थियो ।

उपभोक्ता समितिमार्फत मन्दिर निर्माण गरिएको हो । स्थानीय चित्रकान्त आचार्यको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले मन्दिर निर्माण गरेको हो ।

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यायल दाङका प्रमुख प्रहरी निरिक्षक झविन्द्र परियारले ८ लाख ११ हजार ६ सय ७८ रुपैया ७५ पैसाको लागतमा मन्दिर निर्माण भएको जानकारी दिनुभयो ।

साथै उहाँले मन्दिर निर्माणकालाथी सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सहजिकरण प्रहरी सहायक निरिक्षक बिक्रम बि.कले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*