Home / Feature Breaking news / चावपर्व सुरक्षा छलफल– ‘अपराध नियन्त्रणकालागी समुदाय र प्रहरीको साझेदारी’

चावपर्व सुरक्षा छलफल– ‘अपराध नियन्त्रणकालागी समुदाय र प्रहरीको साझेदारी’

घोराही, १० असोज

हिन्दुहरुको महान् पर्व बिजयादशमी तथा दिपावलीको अवसरमा हुन सक्ने अपराध नियन्त्रणकालागी घोराहीमा सुरक्षा निकाय र टोल विकास संस्थाहरुबिच छलफल कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र दाङको आयोजनामा घोराहीमा मंगलवार चाडपर्वको समयमा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रणकालागी छलफल गरिएको हो ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष आर.के.शीतलको अध्यक्षता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक विरबहादुर ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अपराध नियन्त्रणकालागी प्रहरी र समुदायबिचको साझेदारी आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा सहभागी टोल विकास संस्थाका पदाधिकारी एवं प्रतिनिधीहरुले चाडपर्वका समयमा अन्य समय भन्दा धेरै अपराधिक घटना हुन सक्ने भएकाले त्यसको नियन्त्रणकालागी थप क्रियालशीलता बढाउन प्रहरीलाई अनुरोध गरेका थिए ।

टोल सुधारकालागी आफूहरुले पनि धेरै नै प्रयास गरेको बताउदै उनीहरुले त्यसमा प्रहरीको प्रत्यक्ष सहयोग आवश्यक रहेको पनि बताए । कार्यक्रममा बोल्दै मसिना टोल विकास संस्थाका अध्यक्ष पूर्ण मल्लले टोल सुधारकालागी आफूहरुले दैनिक डिउटी गर्ने गरेको बताए । उनले टोलमा अपराधिक क्रियाकलापहरु बढ्न थालेपछि टोल सुधार समिति गठन गरेर टोलमा रातिको समयमा पालैपालो टोलबासीहरुले समूह बनाएर डिउटी गर्ने गरेको बताए । उनले टोलबासीहरु आफै सचेत भएमा टोलमा हुने धेरै समस्या समाधान हुने अनुभव सुनाउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक विरबहादुर ओलीले समाज सुधारकालागी समुदायले प्रहरीलाई सहयोग गर्न आवश्यक रहेको बताए ।

उनले समाजमा हुने अपराध नियन्त्रणकालागी टोल विकास समिति लागिपरेमा पनि धेरै सुधार आउने बताए । समाजमा अपराध हुन नदिनकालागी र भएपनि अपराधीलाई कारबाही प्रक्रियामा ल्याउनकालागी प्रहरीलाई सुचना दिएर सहयोग गर्न उनले सम्पूर्ण टोलका प्रतिनिधीहरुलाई अनुरोध गरे ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष डुल्लुराम पोख्रेल, १४ का अध्यक्ष भानसिं बुढा, १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, १८ का अध्यक्ष भरतमणी अर्याल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्रका निवर्तमान अध्यक्ष विष्णु पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव के.वि घर्तिले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*