Home / समाचार / नाम नलिई विश्वप्रकाशले गरे ओलीमाथि तीन व्यंग्य

नाम नलिई विश्वप्रकाशले गरे ओलीमाथि तीन व्यंग्य

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले ओलीको नाम नलिई कटाक्ष गरेका हुन् । उनले कांग्रेसलाई माओवादीको पछि लागेको भन्दा सांसदको मानमर्दन गरेको बताए ।

“हेर हेर कांग्रेसको गति ३२ सिटेको पछि लागेको छ । कसले भन्नुभएको थियो ? आदरणीय नेता सुवास चन्द्र नेम्वाङलाई सम्झदै भन्न चाहन्छु, यो देशको एक पूर्वप्रधानमन्त्रीले भन्नुभयो । मैले नाम बिर्से । तर, उहाँले हेक्का राख्नुभएन । ३२ सिटमा रहेका सांसद जनताको मत पाएर यहाँ बस्नुभएको छ । होच्याउँदै गर्दा हेक्का राख्नुभएन,” शर्माले भने ।

उनले दुई वर्षअघि व्यंग्य गरेका नारायण दाहाललाई राष्ट्रियसभाको अध्यक्ष बनाउँदा ओली मुस्काएको भन्दै कटाक्ष समेत गरे । “दुई वर्षअघि चितवनको नारायण दाहालजी सम्माननीय राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रियसभाको सदस्य बन्नुभो । मलाई थाहा छैन, सम्मानीय प्रधानमन्त्रीज्यू र नारायण दाहालज्यूमा सम्बन्ध के पर्छ । तर, एकजना पूर्वप्रधानमन्त्रीज्यूले आफ्नो रसिक शैलीमा व्यंग्य गर्दै भन्नुभो नारायणकमल दाहाल भनेर,” शर्माले सम्झिए ।

उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको नाम सुन्दा कुल्ला गर्नुपर्छ भनेको र अहिले एकै ठाउँमा उभिएकोप्रतिलक्षित गर्दै व्यंग्य हाने । “माधवकुमार नेपालको नाम लिँदै गर्दा मुख कुल्ला गर्नुपर्छ भन्ने अवस्था एकजना पूर्वप्रधानमन्त्रीले भन्नुभो । हाम्रो देशको साँस्कृतिक स्तरको बारेमा संसारको पल्लो छेउको नागरिकले के मनोविज्ञान बनाउँछ होला,” शर्माले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*