Home / Feature Breaking news / ‘नाकाबन्दीको पाठः सोह्र दुना आठ !’

‘नाकाबन्दीको पाठः सोह्र दुना आठ !’

रविन्द्र घिमीरे
काठमाडौं, ६ असोज 

बिहीबार र शुक्रबार काठमाडौंमा २०७२ सालको नाकाबन्दीको झल्को आयो । बिहीबार विहानैबाट पेट्रोल पम्पहरुमा लामो लाइनहरु देखिए । त्यो लाइन अझै हटिसकेको छैन । चालकहरुको आन्दोलनले आपूर्ति रोकिएपछि माग धान्न नसकिने अवस्थाको आँकलन गर्दै नेपाल आयल निगमले तेलमा कोटा प्रणाली नै लगाएको छ ।

सरकारले नाकाबन्दीका बेलामा पाठ सिकेको भन्दै कम्तिमा ९० दिनलाई पुग्ने गरी तेलको भण्डारण राख्ने बताएको थियो । तर, सो योजनालाई गम्भीर रुपमा अघि नबढाउँदा काठमाडौंमा ३ दिन तेल आपूर्ति रोकिँदा नाकाबन्दीकै अवस्था दोहोरियो । वर्षैसाल तेलको माग बढिरहँदा त्यस अनुसार काठमाडौंसहित देशभर भण्डारण क्षमता वृद्धि गरिएको छैन ।

यसैका कारण ३ दिन तेल आपूर्ति प्रभावित हुँदा नै सरकार वास्तविक क्षमता उदांगो भएको बताउँन्, उपभोक्ताकर्मी माधव तिमल्सिना । उनी सरकारले गम्भीर भएर तेलको भण्डारण क्षमता विस्तारमा नलागे यस्तो अवस्था दोरिरहने बताउँछन् । निगमका कार्यकारी निदर्ेेशक सुशील भट्टराई भने अहिले समस्या तेलको भण्डारणका कारण नभएर तेल आपूर्ति गर्ने ट्यांकरका कारण उत्पन्न भएको बताउँछन् ।

‘हामीसँग केही दिन माग धान्न सक्ने तेल हुँदा हुँदै पनि पम्पसम्म लैजाने ट्यांकर भएनन् । चालकले गाडी नै नचलाएपछि समस्या भएको हो,’ उनी दावी गर्छन्,’हामीले नाकाबन्दीमा भण्डारण क्षमता बढाउनुपर्ने कुरा सिकेका थियौं, अहिले सरकारको आफनै ट्यांकर र चालक पनि चाहिने रहेछ भन्ने ज्ञान पायौं ।’

उपभोक्ताकर्मीहरु भने सरकारले नाकाबन्दीबाट सिकिएको पाठलाई ‘१६ दुना ८’ बनाउँदा यो अवस्था आएको टिप्पणी गर्छन् ।

यसरी बढ्दैछ माग

आर्थिक वर्ष ०६२/६३ मा पेट्रोलको माग ९० हजार किलोलिटर थियो । अहिले माग बढेर साढे ४ लाख किलोलिटरभन्दा माथि पुगेको छ ।

पेट्रोलको माग करिब पाँच गुणाले वृद्धि हुँदा भण्डारण क्षमता भने जहाँको त्यहीं छ । अर्थात्, १३ वर्षमा भण्डारण क्षमता एक लिटर पनि बढेन । र, तत्काल बढ्ने कुनै लक्षण पनि देखिँदैन ।

नेपाली उखानै छ, १२ वर्षमा खोलो पनि फर्किन्छ । तर, इन्धन आपूर्ति व्यवस्थाका हकमा त्यो उखान कहींकतै मेल खाँदैन । १२ वर्षअघि निगमको भण्डारण क्षमता ७० हजार सात सय किलोलिटर थियो, अहिले पनि त्यति नै छ ।

‘मटि्टतेल राख्ने गरिएका अधिकांश ट्यांकी प्रयोगविहीन हुँदा काम नलाग्ने बने । माग उच्च दरमा बढिरहँदा डिजेल र पेट्रोलको एउटा पनि ट्यांकी थपिएनन्,’ आपूर्ति मन्त्रालयका एक अधिकारी भन्छन्, ‘इन्धन आपूर्ति व्यवस्थापनको १२ वर्ष नेपाल उल्टो गति हिँड्यो । अबको पाँच वर्ष पनि यही सुर र तालमा रह्यौं भने हामी दैनिक भारतबाट ल्याइने तेल त्यही दिन वितरण गरेर सक्नुपर्ने अवस्थामा पुग्छौं ।’

निगमको तथ्यांकअनुसार १२ वर्षअघि डिजेल, पेट्रोल, मट्टतिेल र हवाई इन्धनको माग वाषिर्क ६ लाख ६६ हजार दुई सय ९० किलोलिटर -साढे ६६ करोड लिटर) थियो । त्यसपछिका वर्षमा ग्यासको प्रयोग बढ्दा मटिट्तेलको माग घट्यो । तर, डिजेल, पेट्रोल र हवाई इन्धनको समग्र माग १८ लाख ८३ हजार किलोलिटर -एक अर्ब ८३ करोड लिटर) पुगेको छ ।

अर्थात्, १२ वर्षमा समग्र तेलको खपत एक सय १७ करोड लिटरले बढेको छ ।

अनलाईखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*