दाङ,६ असोज । दाङ प्रहरीले शनिवार घोराहीवाट दुई लाख बढि रकमसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
अवैध जुवा (तास) खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी टोलीले शनिवार साझ नौ बजे घोराही उपमहानगरपालिका–ं.१४ कपासीमा तासखेरी रहेको अवस्थामा फेलापारी पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरुवाट दुई लाख ८९ हजार एक सय रुपैयासहित ३ थान तास बरामद गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक कृष्णहरि शर्माले जानकारी दिए । फाइल फोटो