Home / Feature Breaking news / कुइरेपानीमा मानसिक सन्तुलनका विरामी राख्ने घर निर्माण हुदै

कुइरेपानीमा मानसिक सन्तुलनका विरामी राख्ने घर निर्माण हुदै

लिलाधर वली
दाङ,७ असोज । मानसिक सन्तुलन विग्रिएका मानिसहरुलाई राख्नका लागि निर्माणधिन भवन आउने माघ महिनासम्म पुरा हुने भएको छ । गतबर्षदेखि निर्माण शुरु भएको भवनको आउने माघ महिनासम्म पुरा हुने प्रेरणाका लागि अभियान नेपालका अध्यक्ष श्रीधरकुमार लम्सालले बताएका छन् ।

उनका अनुुसार घोराही उपमहानगरपालिका वडा नं. ३ कुइरेपानीको मोहननगरमा भवन निर्माणको कार्य भईरहेको छ । करिव १६ कट्टामा जमीनमा निर्माण हुन थालेको ६ कोठे भवन माघ महिनासम्म निर्माण पुरा हुने अध्यक्ष लम्सालले बताए । मानसिक सन्तुलन गुमाएका पुरुष, महिला र बालबालिकाहरुलाई छुट्टाछुट्टै राख्ने गरि ३ व्लकमा भवन निर्माणको कार्यभईरहेको छ । ‘मानसिक सन्तुलन ठिक नभएका सडक व्यक्तिहरुलाई राखेर खानेदेखि औषधि उपचार गर्ने हाम्रो उद्देश्य हो’,अध्यक्ष लम्सालले भने,‘त्यही उद्देश्य अनुसार अहिले भवन निर्माणको कार्य भईरहेको छ ।’ उनका अनुसार अहिले भवन निर्माणको करिव ५० प्रतिशत काम पुरा भएको छ ।

जग्गा किन्ने, जग खन्ने,पिलर उठाएर दुई वटा व्लगको पहिलो तला ढलान गर्ने काम गरिएको समेत बताए । अव एउटा व्लकको ढलान गरेर गारा उठाउनेदेखि तीनवटै भवनको फिनिसिङ, फर्र्निचर,बस्ने कपडा, खानेका खाद्य बस्तुलगायतका सामाग्रीहरु जुटाउने काम सस्थाले गरिरहेको अध्यक्ष लम्साल बताए ।

भवन निर्माणमा अहिलेसम्म ५० लाख रुपैया खर्च भएको छ । जसको लागि हेल्प फाउण्डेशन युएसले २५ लाख, घोराही उपमहानगरपालिकाको कार्यालयबाट ५ लाख, घोराही उपमहानगरपालिका वडा नं. ४ वाट १ लाख र सस्थाको जग्गा संरक्षणको लागि तारजाली गर्न तत्कालिन जिल्ला विकास समितिवाट १ लाख ३२ हजार रुपैया सस्थालाई सहयोग आएको सस्थाले जनाएको छ । भवन निर्माणका लागि सस्थाले २०७१ सालमा जेठमा जग्गा किनेर भवन निर्माणको सुरुवात गरेको थियो ।

अध्यक्ष लम्सालका अनुसार त्यस स्थानमा २५÷२६ जना मानसिक सन्तुलन गुमाएका विरामीहरु राखिने भएको छ । उक्त स्थानमा राखिने मानसिक विरामीहरुलाई खान र बस्ने व्यवस्था प्रेरणाका लागि अभियान सस्थाले गर्ने र चेकजाच तथा स्वास्थ्य उपचार हेल्थ फाउण्डेशसन नेपालले गर्ने भएको छ । ‘ दर्ता गरेर काम सुरुवात गर्दा ५ जना थियो,अहिले आजीवन सदस्य गरेर २५ जना जति पुगेका छौँ’, अध्यक्ष लम्सालले भने । उनका अनुसार आगामी २०७६ साल बैशाखदेखि मानसिक विरामीहरुलाई उक्त स्थानमा राखिने भएको छ । त्यही भवन निर्माणको कार्यलाई पुरा गर्नका लागि अहिले घोराहीमा सिद्धी बिनायक सत्संघ सेवा समितिद्धारा घोराहीमा धार्मिक महायज्ञ सञ्चालन गरिएको बताए ।

‘सस्थाको मुख्य उद्देश्य भनेको डिप्रेसनमा परेर मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई सुरक्षित आवासको व्यवस्था गर्नु हो’,अध्यक्ष लम्सालले भने,‘त्यो अनुसार हामीले काम सुरुवात गरेका छौ ।’ उनका अनुसार अहिले जिल्लामा एक सय ५० जति मानसिक सन्तुलन गुमाएका व्यक्तिहरु रहेका छन । त्यी व्यक्तिहरु राख्नका लागि स्थानीय तहसँग समन्वय गरेर स्थानीयतहको सिफारिसको आधारमा उपचार गरिने सस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*