Home / Feature Breaking news / देशभर कृषि उपज चिनाउँदा …

देशभर कृषि उपज चिनाउँदा …

घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी गुलाम रसुल सामाजिक कार्यमा क्रियाशील युवा हुन् । घोराहीमा तरकारी व्यवसाय गर्दागर्दै राजनीतिमा छिरेका उनी मुस्लिम समुदायका भरपर्दा युवा बनेका छन् ।

मुस्लिम समुदायले भोग्नुपरेको धार्मिक तथा जातीय विभेदलाई हटाउनका लागि राजनीतिमा लागेका उनी घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा सदस्य समेत हुन् । नेपालमा गणतन्त्र आउनुभन्दा पहिले दाङमा पनि मुस्लिमहरुले नमीठो व्यवहार भोग्नुपरेका तीता अनुभवहरु रहेका छन् । तर ती व्यवहारहरु अहिले आफै हट्दै गएका छन् ।

मुस्लिम समुदायसँगै समग्र समुदायको सामाजिक तथा आर्थिक परिवर्तन हुन आवश्यक रहेको बताउने उनी वडासँगै घोराही उपमहानगरपालिले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी हुने गरेका छन् । जसको एउटै कारण हो, सामाजिक परिवर्तनका कार्यहरु गर्न मन पर्छ । त्यही सोचका कारण उनी प्रायः सामाजिक क्रियाकिलापमा सरिक हुने गरेका छन् ।

२०६२÷०६३ सालको जनआन्दोलनभन्दा पहिले दाङमा मुस्लिम समुदायलाई हेर्ने दृष्टिकोण फरक थियो । मुस्लिमलाई विभेद गर्ने गरिन्थ्यो । त्यही विभेदको सिकारमा उनी आफै धेरै पटक परेका छन् । तर त्यसको प्रतिकार कहिले गर्न सकिन्न् । जसको एउटै कारण हो, त्यो बेला अहिले जस्तो वातावरण थिएन । त्यो बेला मुस्लिमलाई नेपाली होइन भन्नेजस्तो विभेद गरिन्थ्यो । तल्लो स्तरको नागरिकको रुपमा लिन्थ्यो । तर त्यसको विरुद्धमा बोल्न कसैलाई आँट नै आउँदैन थियो । उमेर बढ्दै गएपछि उनमा चेतनाको स्तर समेत बढ्दै गयो । आफैले पनि धेरे कुरा बुझ्दै गए । त्यही बेला उनलाई लाग्यो अब आफ्नो समुदायले भोग्दै आएको सामाजिक विभेदका विरुद्धमा लाग्न राजनीतिमा लाग्नुपर्छ । तर कुन पार्टीमा लाग्ने सुरुमा दोधारमा परे । त्यो बेला नेपालमा माओवादी पार्टीप्रति धेरैको विश्वास थियो, माओवादीले केही गर्छ भन्ने । मलाई पनि त्यही लाग्यो, र लागे माओवादी पार्टीमा ।

माओवादी राजनीति लागेका उनी २०७४ सालमा भएको स्थानीय चुनावमा वडा सदस्यका लागि उम्मेद्वार भए । उनलाई जित्ने आशा त थिएन तर जनताले निर्वाचनमा जिताइदिए । निर्वाचनपछि जनप्रतिनिधि बनेका गुलाम रसुलको जीवनमा अनेक सुख–दुःखका क्षणहरु रहेका छन् । तीनै सुख र दुःखका क्षणमा आधारित रहेर साप्ताहिक स्तम्भका लागि खुशीका पलहरु खोज्ने प्रयास गरेका छौँ । वडा सदस्य रसुललाई जीवनको सबैभन्दा खुशीको पहल भन्नुस् भन्दा उनले आफ्नो जीवनको सबैभन्दा ठूलो खुशीको पलका रुपमा घोराहीमा रहेको कृषि उपज बजारलाई देशकै उत्कृष्ट बजारका रुपमा चिनाउन पाउँदाको क्षणलाई आफ्नो जीवनको सबैभन्दा खुशीको पलका रुपमा लिने गरेका छन् । जुन समयमा कृषि उपज बजार सञ्चालक समितिको अध्यक्ष स्वयम आपूm नै थिए । त्यही समयमा २०७३ सालमा कार्तिकको ९ गते घोराहीको सब्जीमण्डीका रुपमा परिचित कृषि उपज बजारलाई नेपाल सरकारले देशकै उत्कृष्ट कृषि बजारका रुपमा नगद दश हजारसहित पुरस्कृत गरेको थियो । ‘काठमाडौंको राष्ट्रियसभागृहमा त्यो सम्मान लिँदाको पल मेरो जीवनका खुशीका पल मध्यको एउटा खुशीको पल हो’– उनले भने–‘त्यो क्षणलाई मैले कहिल्यै भुल्ने छैन ।’

त्यस्तै उनले अर्काे खुशीको क्षणका रुपमा वडा सदस्यमा निर्वाचित हुँदाको क्षणलाई सम्झना गर्छन् । घोराहीको पुरानो सब्जीमण्डीमा तरकारी व्यवसायीका रुपमा रहेको आपूm वडा सदस्यमा पुग्न ठूलोलाई ठूलो सफलताका रुपमा समेत लिने गरेका छन् । ‘हुन त वडा सदस्य भन्ने ठूलो पद होइन’–उनले भने–‘तर वडाको विकास निर्माणदेखि जनताको जीवनस्तर परिवर्तनका कार्यक्रमहरु गर्न पाउँदा ठूलो काम गरेझैँ लाग्छ ।’ उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनका क्रममा घोराही उपमहानगरपालिका वडा नं. १४ मा तत्कालीन नेकपा माओवादी पार्टीबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

उनले जीवनको अर्काे खुशीको क्षणका रुपमा एसएलसी पास गर्दाको क्षणलाई पनि लिने गरेका छन् । उनले प्रारम्भिक तहको शिक्षा नयाँ बजारमा रहेको मदरसाबाट लिएका थिए । त्यसपछि उनको औपचारिक पढाईको सुरुवात घोराहीमा रहेको हिन्दू विद्यापीठ बोर्डिङ स्कूलबाट भयो । हिन्दू विद्यापीठ स्कूलमा पढ्नु उनका लागि आफैमा एउटा नवीन एवं खुशीको क्षण थियो । किनकि उनी मुस्मिल समुदायका विद्यार्थी भए पनि हिन्दू विद्यापीठमा अध्ययन गर्दा हिन्दू धर्मसम्बन्धी संस्कृत स्लोकहरु सुन्न तथा पढ्न पथ्र्याे । त्यसलाई उनले ठूलो अवसरका रुपमा लिने गरेका छन् ।

त्यही बीचमा उनले दश वर्ष बिताए । दोस्रो श्रेणीमा एसएलसी पास गरे । एलएलसी पास हुँदाको त्यो क्षण उनका लागि सम्झनामा रहने गरेको छ । तरकारी व्यवसायमा संलग्न भएका उनी व्यापारको सिलसिलमा धेरै ठाउँ पुग्थ्यो । एसएलसीको रिजल्ट आउँदा म काठमाडौंको कालीमाटीमा रहेको तरकारी बजारमा थिए । ‘म दाङबाट तरकारी पु¥याउन काठमाडौंको कालीमाटीमा रहेको तरकारी बजारमा गएको थिए, त्यही समयमा एसएलसीको रिजल्ट आएको रहेछ’–उनले भने–‘म बाहिर रहेकाले मलाई रिजल्ट आएको थाहा भएन, दाङबाट छिमेकी अन्टीले फोन गरेर बधाई दिएपछि थाहा पाएँ, त्यो पल मेरो जीवनको अर्काे खुशीको पल हो ।’ हिन्दू विद्यापीठमा अध्ययन गर्दाको अर्काे एउटा पनि रमाइलो क्षण छ, जुन क्षणलाई अहिले पनि सम्झने गरेका छन् ।

परिवार तरकारी व्यवसायी भए पनि आर्थिक रुपमा कमजोर नै थियौँ । त्यसैले मैले घरमा बुबालाई व्यवसायमा सहयोग गर्ने गर्दथें । त्यसका लागि म सर्रा, कर्जही, गुरुवागाउँलगायतका गाउँहरुमा गएर तरकारी आफै खरिद गरेर ल्याउने गर्दथेँ । त्यसले गर्दा उनको विद्यालयको पहिलो घण्टी प्रायः छुट्ने गर्दथ्यो । पहिलो घण्टी छुट्ने र फाटेका जुत्ता लगाएर स्कूल जाने भएकाले मलाई साथीसँगै स्कूलहरुले जिस्काउने गर्थे । धेरै पटक त ढिला स्कूल पुग्दा सजाय समेत भोगेका थिए । कालो जुत्ता लगाउने भएकाले फाटेको ठाउँमा सेतो देखिने गथ्र्यो । फाटेको जुताबाट बच्नका लागि मलाई विद्यालयका शिक्षक किरण देवकाटाले एउटा उपाय सिकाइदिनुभयो । कालो मसी किन्ने र जुत्ता फाटेको ठाउँमा मसी लगाउने । जसले गर्दा अरुले फाटेको जुत्ता देख्न पाउँदैनथिए । सरले उपाय सिकाएर बचेको त्यो क्षण मेरा लागि अर्काे खुशीको क्षण हो । उनले शिक्षामा प्रेरित गर्ने हिन्दू विद्यापीठका किरण सरसँगै भोलानाथ योगी र बब्लु शर्माले हौसला र सहयोगबाटै आपूmले ठूलो सफलता प्राप्त गरेको बताउँछन् ।

२०४३ साल कार्तिक १६ गते बुबा वारिस अली र आमा सवरुन निशाको जेठो छोराका रुपमा जन्मिएका रसुलका दुई भाइ र चार बहिनी छन् । २०७१ सालमा भारतको विसकोहर निवासी महनाज खातुनसँग वैवाहिक जीवनमा बाँधिएका उनका एक छोरा छन् । छोरा मोहमद नवीन घोराहीमा रहेको मदरसामा अध्ययनरत छन् । घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा सदस्य रहेका उनी नेपाल मुस्लिम संगठनका केन्द्रीय सदस्य, नेकपा पार्टीका घोराही नगर समिति सदस्य, घोराही कृषि उपज सञ्चालक समितिका अध्यक्ष नवप्रतिभा टोल विकास संस्थाका सल्लाहकारका रुपमा छन् ।
प्रस्तुतीः लिलाधर वली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*