Home / समाचार / राजपुरमा शिक्षकलाई प्रशिक्षक तथा प्रशिक्षण तालिम

राजपुरमा शिक्षकलाई प्रशिक्षक तथा प्रशिक्षण तालिम

दाङ,१३ असार । स्थानीय पाठ्क्रम अनुसारको शिक्षण सिकाईका लागि राजपुर गाउँपालिकामा शिक्षकलाई प्रशिक्षक तथा प्रशिक्षण तालिम दिइएको छ ।

राजपुर गाउँपालिकाको आयोजना तथा मानव कल्याण तथा वातारण संरक्षण केन्द्र दाङ अन्तर्गत सीड कार्यक्रमको सहयोगमा गाउँपालिकाका विभिन्न विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुलाई स्थानीय पाठ्यक्रम अनुसारको प्रशिक्षण दिइएको हो ।

दुई चरण गरेर दिईएको प्रशिक्षक तथा प्रशिक्षण तालिममा स्थानीय श्रोतसाधानको पहिचालन, व्यवहारिक ज्ञान, जीवनउपयोगी सिप, स्थानीय वातावरण, प्राकृतिक संम्पदा तथा सिर्जनात्मक सिप प्रयोग गरि अध्यापन गराउनका लागि सहयोग पुगोस भनेर शिक्षक तथा शिक्षिकाहरुलाई तालिम दिइएको थियो ।

राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा मानव कल्याण तथा वातारण संरक्षण केन्द्र दाङका अध्यक्ष निर्मला गौतम, गाउँपालिका उपाध्यक्ष धनपति यादव, वडा नं. ६ का वडा अध्यक्ष श्याम रोका, सहभागी शिक्षक लिलाधर विक, उषा घर्तीमगरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तालिमको प्रशिक्षकमा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दाङका कार्यवाहक प्रमुख देवमणि चौधरी, सीड कार्यक्रमका संयोजक राजेन्द्र अधिकारी, केशव लम्साल, बाशुदेव खनाल, उमाशंकरलगायतका रहेका थिए ।

कार्यक्रममा गाउँपालिका प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल,केन्द्रका उपाध्यक्ष लक्ष्मीमान चौधरी, सचिव केपी घिमिरे, कोषाध्यक्ष माया पोख्रेल,सहसचिव सरस्वती सुवेदीलगायतको उपस्थीत रहेको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिकाका शिक्षा शाखाका केशव लम्सालले गरेका थिए । दुई चरणमा सञ्चालन गरिएको तालिममा ४५ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*