Home / Feature Breaking news / मापसे गर्ने चालकलाई ट्राफिक कक्षा सुरू

मापसे गर्ने चालकलाई ट्राफिक कक्षा सुरू

दाङ, १४ असाेज
मापसे गरि सवारी साधन चलाउने चालकहरूलाई कारबाहीमा ट्राफिक प्रहरीले कडाई गरेकाे छ ।

साेमवारदेखी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले मादक पदार्थ सेवन गरि सवरी चलाउने चालकहरुलाई आफन्तको जिम्मा लगाएर सवारी साधनलाई कार्यालयमा नियन्त्रणमा लिने काम सुरू गरेकाे छ ।

यसका साथै जरिमाना सँगसँगैचालकहरूलाई सवारी साधन चलाउदा ध्यान दिनुपर्ने विषय र मापसे गरि सवारी साधन चलाउने हुने बेफाईदाका विषयमा पनि साेमवारदेखी प्रशीक्षण दिन सुरू गरेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका सुचना अधिकारी प्रहरी नायव निरिक्षक उत्तमकुमार जिसीले जानकारी दिनुभयाे ।

मापसे गरि सवारी साधन चलाउने चालकहरूलाई पछिल्लाे दिन दिउसाे १ बजे जिल्ला ट्राफिक प्रहरी कार्यालयमा मापसे कक्षामा राखेर मात्र जरिमाना गरि छाडीने जिसीले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*