Home / Feature Breaking news / दाङमा चितुवाकाे छालासहित एक जना पक्राउ

दाङमा चितुवाकाे छालासहित एक जना पक्राउ

दाङ, १४ असाेज
दाङमा चितुवाकाे छाला सहित एक जना पक्राउ परेका छन् ।

साेमवार बेलुकी तुलसीपुरमा चितुवाकाे छाला सहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा रूकुम पूर्वकाे पुथा उत्तरगंगा गाँउपालिका १४ का १९ वर्षीय भिमप्रसाद बि.क रहेका छन् ।

चितुवाकाे छाला बाेकेर हिडिरहेकाे भन्ने सुचनाकाे अाधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएकाे प्रहरीकाे विशेष टाेलीले बिकलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ विद्युत कार्यालय नजिकैबाट साेमवार बेलुका करिब ६ बजे पक्राउ गरेकाे हाे ।

बिककाे साथबाट झोलाभित्र प्लाष्टिकको बोरामा लुकाई राखेको टाउको बंगरा देखी पुच्छर सम्मको पुरै भागको लम्बाई ७ फिट ६ ईन्च भएको चितुवाको छाला फेला पारी रितपुर्वक बरामद गरि प्रारम्भिक अनुसन्धान पुरा गरी राष्ट्रिय निकुण्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ अन्तरगत थप कानुनी कारवाहीको लागी जिल्ला वन कार्यालय दाङमा पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक विनाेदविक्रम शाहले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*