Home / समाचार / लायन्स क्लब सहयोगार्थ ‘प्रकाश’ को च्यारेटी शो हुने

लायन्स क्लब सहयोगार्थ ‘प्रकाश’ को च्यारेटी शो हुने

घोराही, २८ भदौ

लायन्स क्लब अफ घोराही सिटीले नेपाली कथानक चलचित्र ‘प्रकाश’ को च्यारेटी शो गर्ने भएको छ ।

जग्गा खरिद सहयोगार्थ च्यारेटी शो गर्न लागीएको क्लबले जानकारी दिएको छ । असोज १ गते शनिवारका दिन चलचित्रको च्यारेटी शो गरिने क्लबका अध्यक्ष पवन योगीले जानकारी दिनुभयो ।

मनकाशी सिनेप्लेक्समा बिहान ८ बजेदेखी च्यारेटी शोको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

शोकालागी रु. १ हजारको टिकट कायम गरिएको पनि योगीले जानकारी दिनुभयो । १० बर्षे सशस्त्र द्धन्द कारण नेपाली जनताले हालसम्म भोग्नुपरेको समस्याको कथा समेटिएको चलचित्र ‘प्रकाश’ को च्यारेटी शोमा उपस्थित भएर सहयोग गरिदिनुहुन हजुरले सबैमा अनुरोध गर्नुभएको छ ।

चलचित्रमा शुदुरपश्चिमको कला संस्कृति, भाषा, रितिरिवाजमा सशस्त्र द्धन्दको समयमा वेपत्ता भएका व्यक्तीको परिवारमा परेको समस्यालाई देखाईएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*