Home / समाचार / धर्नाको बसन्तापुरमा तीजमिलन कार्यक्रम

धर्नाको बसन्तापुरमा तीजमिलन कार्यक्रम

दाङ,२५ भदौ । घोराही उपमहानगरपालिका–५ धर्नाको वसन्तापुरमा तीजमिलन कार्यक्रम सम्पन्न भएको छ । लालीगँुरास महिला सहकारी संस्थाको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगका कार्यक्रम भएको हो ।

वडा अध्यक्ष विष्णुमणि दाहालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता न्यौपानेको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले तीज पर्व हिन्दु नारीहरुको संस्कार र संस्कृतिको पर्व भएको भन्दै सस्कार र सस्कृति बचाउन सवैले ध्यान दिनुपर्ने बताएका थिए । साथै उनीहरुले तीजलाई महगा कपडा र गहनाको पर्वका रुपमा नलिन समेत सवैसँग आग्रह गरेका थिए ।teejd

त्यस अवसरमा तीज गित प्रतियोगीता समेत भएको थियो । त्यस्तै सहभागीहरुले तीज पर्वलाई देखासिकीको पर्वका रुपमा भन्दा पनि कला सस्कृतिको संरक्षण गर्ने पर्वका रुपमा मनाउन समेत वडावासीलाई आग्रह गरेका थिए ।

प्रतियोगीतामा वसन्तापुर समुह प्रथम, कप्तान टोल समुुह द्धितिय र सिस्वानी समुह तृतिय भएका थिए । प्रतियोगीताको निर्णायकमा खडग शर्मा, फत्तेवहादुर सिमाली र निर्मला शाह रहेका थिए ।

ddd

कार्यक्रममा नेपाल शिक्षक संघ प्रदेश नम्वर ५ का अध्यक्ष अर्जुनकुमार योगी , जिल्ला समन्वय समिति दाङका सदस्य लोका विक , वडा सचिव लक्ष्मण अधिकारी, घोराही उपमहानगरपालिका कार्यपालिका सदस्य डिल्ली नेपालीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

त्यस अवसरमा गायक तथा सचारकर्मी खडग शर्माले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । साथै कार्यक्रममा स्थानीय तथा विद्यालयका छात्रछात्राले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । भीमा डिसीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण कमला गिरीले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*