Home / Feature Breaking news / होम आइसोलेसनमा बसेका व्यक्तिको लमहीमा मृत्यु

होम आइसोलेसनमा बसेका व्यक्तिको लमहीमा मृत्यु

दाङ,४ कार्तिक । लमहीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । लमही नगरपालिका–५ निवासी ४३ वर्षका पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो ।

लामो समयदेखि विभिन्न रोगको समस्यामा रहेका उनीलाई केही समय अघि कोरोना पोजिटिभ देखिएको थियो । जन्डिसको समस्या देखिएका उनी उपचारका लागि काठमाडौ गएका थिए । काठमाडौंमा उपचारका क्रममा स्वाव परिक्षण गराउन उनमा कोरोना नेगेटिभ आएको थियो ।

त्यसपछि उनीहरु घर फर्किएका थिए । तर लमही आएपछि फेरि श्रीमान–श्रीमती दुबैले परीक्षण गर्दा संक्रमण देखिएको थियो। त्यसपछि उनीहरु एक हप्तादेखि होम आइसोलेशनमा बसेका थिए । होम आइसोलेसनमा बसेकै अवस्थमा उनको मृत्यु भएको हो ।

श्रीमतीको अवस्था सामान्य रहेको छ । मृतकको शव कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेले जानकारी दिएका छन् । ‘उहाँ पहिलेदेखि नै विरामी हुनुहुन्थ्यो,त्यही क्रममा कोरोना पोजेटिभ देखिएको थियो’–स्वास्थ्य संयोजक पौडेलले भने–‘कोरोना देखिएपछि होम आइसोलेसनमा बसेकै क्रममा आज विहान मृत्यु भएको हो ।’ दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*