दाङ,२७ असार । दाङ प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका–१८ गिठेपानी स्थित अपसन कुमाकी (सुनार) ले आफ्नो घरमा लागुऔषधको कारोवार गर्ने गरेको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले व्राउन सुगर विक्री गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी १७ बर्षीय अपसन कुमाकी, सोही ठाउँ निवासी २१ बर्षीय अमर थापा र १७ बर्षीय सुमन रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथवाट ३५ पुरिया ब्राउन–सुगर, निट्राजिपाम ट्यावलेट ५६ पिस पक्राउ गरेको छ ।
पक्राउ परेका अभियुक्तहरुलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ अनुसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले विहिवार मात्र घोराही–१३ वाट चार जनालाई पक्राउ गरेको थियो ।