Home / Feature Breaking news / ‘दाङलाई खेलकुदको राजधानी’– मुख्यमन्त्री पोख्रेल

‘दाङलाई खेलकुदको राजधानी’– मुख्यमन्त्री पोख्रेल

दाङ, २३ फागुन । तुलसीपुरमा बिच गेम प्रतियोगिता शुरु भएको छ । तुलसीपुर उपमहाननगरपालिकाले आयोजना गरेको बिच गेमको उद्घाटन प्रदेश नंबर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले गरेका हुन् । खेलको उद्घाटन गर्दै प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रलाई चिनाउन खेलको महत्वपूर्ण भुमिका हुने बताएका छन ।

खेल क्षेत्रबाट नै अन्तराष्ट्रिय स्तरमा राष्ट्रको झण्डा फहराउन सकिने भन्दै मुख्यमन्त्री पोख्रेलले खेलले मानब स्वास्थ्यसंगै पर्यटन पर्बद्धनमा महत्वपुर्ण सहयोग पु¥याउने बताए । बबई नदीमा बिच गेमको आयोजना गर्नु यस क्षेत्रको बिकासमा पनि टेवा पु¥याउनु रहेको मन्त्री पोख्रेलले बताए । पोख्रेलले भने ‘यस खेलले यस क्षेत्रको पर्यटनसंगै बिकास निर्माणमा पनि टेवा पु¥याउछ ।’ उनले दाङमा खेलको हबको रुपमा बिकास गर्न सकिने समेत बताए । उनले भने ‘ जसले गर्दा पनि दाङ खेलकुद क्षेत्रकै हब बन्न सक्छ ।’
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रबक्ता श्याम डाँगी र प्रेस संयोजक बसन्त विवस आचार्यले गरेका थिए । ववईको पर्यटन पबद्र्धनका लागि आयोजना गरिएको प्रतियोगिता तीन दिन सम्म चल्ने छ । २३, २४ र २५ गतेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को ववइ नदीमा विच भलिबल प्रतियोगिता चल्ने संयोजक माईकलले बताए ।तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक अमर नेपाली माईकलको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*