Home / Feature Breaking news / कपुरकोटमा डेढ करोडको लगानीमा विश्रामालय र शिव मन्दिर निर्माण गरिने

कपुरकोटमा डेढ करोडको लगानीमा विश्रामालय र शिव मन्दिर निर्माण गरिने

शंकर के सी,

सल्यान, २२ चैत्र ।

सल्यानको कपुरकोटमा बृद्धबृद्धाहरुका लागी धार्मिक विश्रामालय निर्माण हुने भएको छ । ॐ जय गुरुदेव धार्मिक तथा मठमन्दिर संरक्षण केन्द्र सल्यानले विश्रामालय र शिव मन्दिर निर्माण गर्न लागेको हो ।

कपुरकोट गाउँपालिकाको वडा नम्बर तीन स्थीत पाखापानी सामुदायीक वनको क्षेत्र नम्बर एकमा मन्दिर तथा विश्रामालय निर्माणका लागी काम अगाडी बढिसकेको केन्द्रका अध्यक्ष खिमेन्द्र सेनले जानकारि दिएका छन् ।

वृद्धवृद्धाहरु भजनकृतनमा सहभागी भएर रमाउन सकुन् र उनीहरुलाइ भोजन समेत गराउने उद्देश्यले विश्रामालय तथा मन्दिर निर्माण गर्न लागीएको उनले जानकारि दिए । जसका लागी सात कुनाको सात तले मन्दिर झण्डै एक करोड ५० लाखको लागतमा निर्माण गर्ने लक्ष्य रहेको केन्द्रका सचिव सन्तोष घर्तीले जानकारि दिएका छन् ।

अहिले मन्दिर निर्माण स्थलमा घण्ट, झण्डा तथा त्रिशुल राखेर कामको शुरुवात भएको छ । आगामी बैशाख ५ गते मन्दिरको शिलान्याश गरि कामलाइ तिब्रता दिइने घर्तीले जनाए । विश्रामालय तथा मन्दिर निर्माणका लागी स्थानीय, प्रदेश तथा केन्द्र सरकार र विभिन्न सहयोगी दाताहरुलाइ अनुरोध गरिने ॐ जय गुरुदेव धार्मिक तथा मठमन्दिर संरक्षण केन्द्रका संरक्षक जय गुरुदेव वावाले जानकारि दिएका छन् । कपुरकोट क्षेत्रलाइ धार्मिक पर्यटनको क्षेत्र बनाउने उद्देश्यले यस्तो कार्यको थालनि गरिएको हो ।

पर्यटन प्रवद्र्धन बाट पनि गाउँपालिकाको समृद्धिमा साथ दिन सकिन्छ भनेर अत्यन्तै रमणिय, शान्त र हराभरा क्षेत्र कपुरकोटमा विश्रामालय निर्माण गर्न लागीएको केन्द्रले जनाएको छ । वृद्धवृद्धाहरु विश्रामालयमा जम्मा भएर आफ्नो जीवनकालका दुःखसुख साटासाट गर्न र धर्मकर्ममार्फत मनलाइ आनन्दीत बनाउन सक्ने केन्द्रको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*