Home / Feature Breaking news / जिल्लास्तरीय वार्षिक समीक्षा पुस १९ मा

जिल्लास्तरीय वार्षिक समीक्षा पुस १९ मा

दाङ ३ पुस । जिल्ला समन्वय समिति दाङले ‘जिल्लास्तरीय वार्षिक’ समीक्षा गोष्ठी गर्ने भएको छ । समन्वय समितिको शुक्रवार बसेको बैठकले पुस १९ गतेदेखि स्थानीयतह, संघिय कार्यालय, प्रदेशस्तरीय कार्यालय र गै.स.स आव०७६÷०७७ को प्रगती विवरण र चालु आव ०७७÷०७८ को वार्षिक कार्यक्रमको समीक्षा गर्ने निर्णय गरेको हो ।

वार्षिक समीक्षा गोष्ठीको तयारीको लागि समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको संयोजकत्वमा तयारी समिति पनि गठन गरेको छ । समितिको सदस्यमा जि.स.स सदस्यहरु जक्तबहादुर बस्नेत, लोकीकुमारी वि.क र कर्मचारीहरु सावित्री श्रेष्ठ, डायमन खड्का, यमकुमार बस्नेत र इन्द्र डिसी छन् ।

त्यसैगरेर बैठकले दशैवटै पालिकाको विकास निर्माणको पुस ६ गतेदेखि नियमित अनुगमन गर्ने निर्णय गरेको छ । अनुगमनको लागि समन्वय समितिका प्रमुख र उपप्रमुखको संयोजकत्वमा दुईवटा समिति समेत गठन समेत गरेको छ । त्यसैगरेर बैठकले वार्षिक समीक्षाका लागि सुझाव लिन पुस ५ गते दाङ विकास सल्लाहकार परिषदका सदस्यसँग छलफल गर्ने निर्णय गरेको छ ।

त्यसैगरेर बैठकले जिल्ला सभाको निर्णय अनुसार पालिकासँग जिसस अभियान अन्तर्गत पुस ११ गते सनिवार दंगीशरण गाउँपालिकामा सामुहिक बैठक बस्ने निर्णय गरेको छ । बैठकमा पालिकाहरुले गरेको विकास निर्माण र समस्याका बारेमा छलफल हुने समन्वय समितिले जनाएको छ । बैठक समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*