Home / Feature Breaking news / दाङमा साढे ३ लाख सहित १८ जुवाडे पक्राउ

दाङमा साढे ३ लाख सहित १८ जुवाडे पक्राउ

दाङ, ८ कार्तिक
दाङ प्रहरीले ठुलो रकम सहित १८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । लमही नगरपालिका–८ रिहारमा टंक अधिकारीको घरमा जुवा (कौरा) खेलाएको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले गयराति ११ ः ५५ बजेको समयमा १८ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई ३ लाख ५९ हजार ३ सय ५५ रूपैयाँ सहित पक्राउ गरेर थप अनुसन्धानकालागि वडा प्रहरी कार्यालय लमहीमा राखीएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*