Home / Feature Breaking news / थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि

थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि

दाङ,१४ भदौ । पछिल्लो २४ घण्टामा १ हजार २ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७ सय १७ नमुना परीक्षण गर्दा ३ सय ४८ महिला र ८ सय ७३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । उनीहरुमध्य २ सय २१ जनाको मृत्यु भएको छ भने २० हजार ८ सय २२ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ सय ६७ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४९ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौंका ३ सय ७२, भक्तपुरका ४५ र ललितपुरका १२ जना छन् ।

त्यस्तै चितवनका ९० जना, बाराका ८२, धनुषाका ७५, रुपन्देहीका ६१, मोरङका ४९, बझाङका ४७, पर्साका ४६, महोत्तरीका ३७, सर्लाहीका ३४, सुनसरीका ३३, सिराहाका २६, काभ्रे र कपिलवस्तुका २५ र २५ जना, नवलपरासीका २१, बाँकेका १४, झापा र डोटीका ११ र ११ जना छन् ।

मकवानपुरका ९ जना, पाल्पा र अछामका ८ र ८ जना, सप्तरी, गुल्मी, बर्दिया र कैलालीका ६ र ६ जना, सिन्धुली, कास्की, गोरखा, प्युठान र दाङका ५ र ५ जना, ओखलढुंगा र तनहुँका ४ र ४ जना, धादिङ, बाग्लुङ र अर्घाखाँचीका ३ र ३ जना, संखुवासभा, सिन्धुपाल्चोक, नवलपुर र दार्चुलाका २ र २ जना तथा इलाम, पाँचथर, रामेछाप र कञ्चनपुरका १ र १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*