घोराही, ९ वैशाख
दाङको घोराही उपमहानगरपालिका १३ का विपन्न समुदायका वादी महीलाहरुलाई आर्थिक रुपम सक्षम बनाउनकालागि व्यवसायिक सहयोग गरिएको छ ।
वादी समुदायका अति विपन्न परिवारका वादी समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि नेपाल महिला सामुदायिक सेवा केन्द्रले जिविकोपार्जनमा जोड्न सहयोग गरेको छ । केन्द्रले सोमवार घोराही १३ को दुर्गा भवानी टोलमा एक कार्यक्रमको आयोजना गरि व्यवसायिकताका लागि सहयोग गरिएको हो ।
वादी समुदायका महिलाहरुलाई बाख्रा, खुद्रा पसल, फलफुल, माछा पसल, कुखुरा पालन र बुटिक सञ्चालनका लागि विभिन्न सामाग्रीहरु सहयोग गरिएको थियो । वादी समुदायका २३ जना महीलाहरुलाई आयआर्जनका लागि सोमवार सामाग्री सहयोग गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो ।
‘वादी समुदायका महिलाहरुलाई आयआर्जनमा जोड्नकालागि महिला सामुदायिकले व्यवसाय सञ्चालन गर्नकालागि उहाँहरुको माग अनुसार २३ जना वादी समुदायका महिलाहरुलाई सहयोग गरेका छौँ’ न्यौपानेले भन्नुभयो– ‘मजदुरी गर्ने महिलाहरु व्यवसायिक बन्न खोज्नुभएको थियो, उहाँहरुको माग अनुसार नै हामीले सामाग्री सहयोग गरेका हौँ ।’
कार्यक्रममा सहभागी घोराही उपमहानगरपालिका वडा न.१३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेलले वादी समुदायलाई व्यवसायमा जोड्नकालागि सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । यो समुदायकालागि वडा कार्यालयले पनि नियमीत सहयोग गर्दै आईरहेको बताउदै उहाँले संघसंस्थाले पनि निरन्तर सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
‘हामीले पनि वडा कार्यालयबाट यो समुदायकालागि निरन्तर सहयोग गरिरहेका छौँ’ वडाध्यक्ष पोख्रेलले भन्नुभयो–‘यस नेपाल महिला सामुदायिक सेवा केन्द्रले पनि निरन्तर सहयोग गरिरहेको छ, आज फेरि तपाईहरुलाई व्यवसायिक बनाउनकालागि यी सामाग्रीहरु सहयोग गरेको छ । यसलाई सदुपयोग गर्नुहोला, व्यवसायिक बन्नुहोला ।’
उहाँले पछाडी परेको बादी समुदायलाई आर्थिक उपार्जनमा सहयोग पु¥याउनका लागि उपलब्ध भएका सामाग्रीहरुबाट आफ्नो जिबन स्तरमा परिवर्तन ल्याउन अनुरोध गर्नुभयो । ‘संघ संस्थाले दिएको सहयोगको सदुपयोग राम्रो भयो भने तपाईहरुको जिवन राम्रो हुनछ त्यसैले आपु राम्रो हुनका लागी ईमान्दारीताका साथ व्यवसाय गर्नुहोला, आँफू मात्र नभई आप्नो परिवार र समाजलाई पनि सुरक्षित राख्न सक्ने गरि काम गर्न आग्रह गर्नु भयो ।’
व्यवसायिकताका लागि सहयोग पाएपछि महिलाहरुले खुशी व्यक्त गरेका छन् । ‘म जस्तो पढाई लेखाई नभएको मानिसलाई पनि कमाएर खान सक्ने गरि २ वटा बाख्रा दिनुभयो, अब यी बाख्रा ठुला बनाएर धेरै पाल्छु । बाख्रा चराउने ठाँउ पनि छ, त्यसपछि दाम र माम दुबैको जोहो गर्न सजिलो हुन्छ की’ ४१ बर्षिय जुनु वादीले भन्नुभयो ।
खुद्रा पसलका लागी सामाग्री पाउदा खुशीले गद्गद् भएको ६० बर्षिय फुलमति वादीले बताउनु भयो । उहाँले भन्नु भयो–‘व्यापार गर्ने रहर त पहीले देखी नै हो । सानो व्यापार गर्नलाई पनि लगानी लगाउने कुनै उपाए नहुँदा त्यतिकै बसेको थिए ।
अहीले आँफुले भने जस्तै सानो खुद्रा पसल गर्नका लागी तपाईहरुले सहयोग गर्नु भयो । अब यो नै मेरो लागी कमाई खाने माध्यम हुने छ ।’
जिविका चलाउनकालागि डोकोमा फलफुल व्यापार गर्ने मनकला नेपालीले व्यवसायकालागि सामाग्री पाएपछि खुशी व्यक्त गर्दै आगामी व्यवसाय सञ्चालनकालागि सहज हुने बताउनुभयो ।
चोक चोकमा डोकोमा सामाग्री बोकेर व्यापार गर्न नदिने भएकाले आफूहरुलाई जिविका चलाउन नै गाह्रै भएको पनि उहाँको भनाई थियो ।
‘तपाईहरुले संस्थाबाट यसरी हामीलाई सहयोग गर्नुभयो, हामीहरुलाई व्यापार गर्नकालागि हौसला दिनुभयो । उपमहानगरपालिकाले भने हामीलाई जहाँ फलफुल बेच्न लागेको देखे पनि लखेट्छ ।’ उहाँले खुशी सँगै दुखेको पनि पोख्नुभयो । साथै व्यवसाय गरेर आत्मनिर्भर बन्ने उहाँले बताउनुभयो ।
नेपाल महीला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा दाङ जिल्लामा सञ्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तरगत आयआर्जनका लागि सहयोग गरिएको हो ।
दुर्गा भवानी टोलमा भएको कार्यक्रममा ७ जनालाई प्रतिव्यक्ती २ वटाका दरले १४ वटा बाख्रा, ५ जनालाई खुद्रा पसल, २ जनालाई फलफुल पसल,१ जनालाई माछा पसल, ३ जनालाई बुटीक पसलकालागि आवश्यक सामाग्रीहरु सहयोग गरिएको थियो । यस्तै ५ जनालाई कुखुराहरु सहयोग गरिएको सामुदायिक सुरक्षा जालो कार्यक्रमका कार्यक्रम संयोजक लिला शाहले गर्नुभएको थियो ।