Home / Feature Breaking news / विद्यालय बन्द गरेर शिक्षक नेकपाकाे विजय जुलुसमा

विद्यालय बन्द गरेर शिक्षक नेकपाकाे विजय जुलुसमा

गाेपाल शर्मा भट्टराई

दाङ, १६ मंसीर

 विद्यालयका शिक्षकहरु विद्यालय बन्द गरेर विजय र्‍यालीमा दौडिएका छन्। दाङको दंगीशरण गाउँपालिका-३ पदमपुरमा रहेको सरस्वती आधारभूत विद्यालयका शिक्षकहरु दाङ-३(ख)मा विजयी विमला कुमारी खत्रीको विजय र्‍यालीमा सहभागि भएका हुन्।

सोमवार बिहान विद्यालय आएका विद्यार्थीलाई समेत र्‍यालीमा सहभागि हुन निर्देशन गर्दे ११ जना शिक्षकहरु विद्यालय बन्द गरेर विजय उत्सवमा सहभागि भएको छन्। कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा शिक्षक नेताको हालीमुहाली छ। विद्यालयका प्रधानाध्यापक ज्योती चौधरीले विजय जुलुसमा सहभागि हुनु पर्ने भएकाले दिउँसै विद्यालय बन्द गरिएको बताए । विजय जुलुसको तयारी र व्यवस्थापनमा शिक्षकहरु लाग्नु पर्ने भएकाले विद्यालय बन्द गरिएको उनले बताए।

‘विद्यार्थी र्‍यालीमा र शिक्षकहरु तयारीमा जुटेका छौं’, प्रधानाध्यापक चौधरीले भने,‘खानपानको व्यवस्थापन गर्ने शिक्षकलाई परिचालन गरिएको छ।’

उक्त विद्यालयमा ११ जना शिक्षक कार्यरत छन भने एक सय पचास जति विद्यार्थीहरु रहेका छन्। र्‍यालीले विद्यालयमा असर पर्ने भएपछि विद्यालयनै बन्द गरेर तयारीमा जुटेको प्रधानाध्यापक चौधरीले बताए। चौधरी पूर्व माओवादी निकट शिक्षक संगठनका पूर्व जिल्ला अध्यक्ष हुन्।

विद्यालय बन्द गरेर नै राजनीतिक दलको विजय जुलुसमा सहभागि भएको प्रति अभिभावकहरुले भने विरोध गरेका छन्। ‘हामीले हाम्रा वालबालिका पढाउन पठाएका हौँ’, एक अभिभावकले भने, ‘राजनीति गराउन पठाएका होइनौ, राजनीति गर्ने शिक्षकहरुलाई कारवाही हुनु पर्छ।’

उनीहरुले राजनीतिका नाममा वालवालकिाहरुको भविष्य बर्वाद नपार्न समेत आग्रह गरे। दंगीशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले शिक्षकहरु राजनीतिक क्रियाकलापमा सहभागि हुन नमिल्ने बताए। उनले विद्यालय नै बन्द गरेर कार्यक्रममा जानै नपाइने बताए ।

शनिबार भएको उपनिर्वाचनमा यो क्षेत्रबाट नेकपाकी विमला कुमारी खत्रीले जितेकी छन्। उनको सोमबार निर्वाचन क्षेत्रमा विजय र्‍याली निकालिएको छ। त्यहि विजय र्‍यालीका लागि विद्यालय बन्द गरिएको हो।

अन्नपूू्र्ण पाेष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*