Home / समाचार / स्तम्भकार समाज दाङको अध्यक्षमा मसाल

स्तम्भकार समाज दाङको अध्यक्षमा मसाल

घोराही, २० असोज ।

दाङको घोराहीमा शुक्रवार भएको लेखक–स्तम्भकारहरुको भेलाले नेपाल स्तम्भकार समाज दाङको तदर्थ समिति गठन गरेको छ । भेलाले नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष केबी मसालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।
तीन सदस्य पछि थप गर्ने गरी गठन भएको समाजको उपाध्यक्षमा निमबहादुर थापा,सचिवमा पदमप्रसाद शर्मा,कोषाध्यक्षमा लालमणि पौडेल रहेका छन । जसको सदस्यहरुमा हरिप्रसाद पाण्डे,देवराज विश्वकर्मा,छविलाल कोपिला र मुकुन्दबहादुर बहकरी रहेका छन ।

भेलाले विधान पारित गरेको छ । विधानले दुईबर्षदेखि लेख–स्तम्भ लेख्दै आएकाहरुलाई साधारण र पाँच बर्षदेखि नियमित लेख्दै आएकालाई आजीवन सदस्य बनाउने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*