Home / Feature Breaking news / बंगलाचुली गाउँपालिकाका जनप्रतिनिधिलाई स्वागत सम्मान

बंगलाचुली गाउँपालिकाका जनप्रतिनिधिलाई स्वागत सम्मान

हिमाल महरा
दाङ,१६ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाले एक कार्यक्रमको आयोजना गरि बंगलाचुली गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले आफुहरु गाउँपालिकाको विकासका लागि सबै क्षेत्रसंग सहकार्य गरेर अगाडि वढने बताएका थिए । यस क्षेत्रको संभावनाहरुको खोजि गदै निजी क्षेत्र र सरकारी क्षेत्र विच एकतावद्ध भएर लाग्नु पर्ने उनीहरुले बताएका थिए ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष, सम्पुर्ण वडाका नवनिर्वाचित वडा अध्यक्ष, वडा सदस्यहरु र कार्यपालिकाका सदस्यहरुको सहभागीता रहेको थियो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाका अध्यक्ष रुकप्रसाद पुलामीको अध्यक्षता एवं उद्योग वाणिज्य संघका सल्लाहाकार जीतबहादुर वलीको प्रमुख आतिथ्यता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन (सुवास) को विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमको सहजीकरण संघका कोषाध्यक्ष केशब जिसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*