Home / समाचार / मृगौला पीडितलाई आर्थिक सहयोग

मृगौला पीडितलाई आर्थिक सहयोग

दाङ,१८ माघ । घोराही उपमहानगरपालिका–१२ हापुर माराकोट निवासी मृगौला पीडित विरामी टेकबहादुर विष्टलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी हाल साउदीमा रहेका लोकेन्द्र विष्ट र हिराबहादुर केसीको पहलमा संकलित करिव ७० हजार २७ रुपैयाँ लोकेन्द्रका भाई टोपेन्द्र विष्टले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि बिरामी टेकबहादुर बिष्ट र उनकी श्रीमति लिलावति बिष्टलाई हस्तान्तरण गरेका हुन ।

घरको कमजोर आर्थिक स्थीति भएका विष्टलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले रकम सहयोग गरिएको टोपेन्द्रले बताए । आर्थिक अभावका कारण उपचारमा समस्या भएको पीडितकी श्रीमति लिलावति बिष्टले बताइन । ‘घरको कमजोर आर्थिक अवस्थाका कारण हप्तामा दुईपटक गर्नुपर्ने मृगौलाको डाइलसिस समेत एक पटक मात्र गर्ने गरेका छौँ’,लिलावतिले भनिन्,‘घरमा उव्जनी हुदैन, केको पैसा हुनु साँझ विहान खान धौँ धौँ हुन्छ ।’उनका अनुसार एउटा मृगौला प्रत्यारोपनका लागि अस्पतालले ७ लाख लाग्ने बताएको छ । घरको अभिभावक नै विरामी हुदा ३ छोराहरुको पढाईमा समेत समस्या भएको उनले बताइन ।

कोहलपुर मेडिकल कलेजमा उपचार गराई रहेका विष्टलाई उपचारका लागि आर्थिक सहयोग गरिदिन बिरामीकी श्रीमति लिलावति बुढाले सवैमा आग्रह गरेकी छिन । सहयोगका लागि बैंक आइएमी फाइनान्समा रहेको खाता नं.००३०००००१२०७ मा रकम जम्मा गर्न सक्ने बताएकी छिन । त्यस्तै सहयोगका लागि मोवाइल नम्वर ९८६९४८२११९ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन । केही महिना अघि लोकेन्द्र विष्ट र टोपेन्द्र विष्टले १०÷१० हजार गरि नगद २० हजार रुपैयाँ पीडितलाई सहयोग गरेका थिए । सहयोग कार्यक्रमको सहजीकरण हास्य कलाकार कमल गाउँलेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*